Latest

एमबीबीएसको प्रवेश परीक्षा मंसिर १६ मा

Public Date:-2017-11-22

चिकित्साशास्त्र अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखा, महाराजगञ्जले एमबीबीएसको प्रवेश परीक्षा मंसिर १६ गतेका शनिबार गर्ने भएको छ ।


संस्थानले एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गरी नयाँ मिति तोकेको हो । त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको बैठकले असोज २८ मा लिएको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो ।


प्रहरीले फेला पारेको उत्तर सेट र संस्थानले लिएको प्रवेश परीक्षाको प्रश्नपत्रको उत्तर सेट भिडाउँदा ६० मध्ये १४ प्रश्नको उत्तर मिलेको थियो । यसका आधारमा प्रहरी र मेडिकल काउन्सिलले परीक्षा समयअगावै प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकालेको थियो ।


विश्वविद्यालयले गठन गरेको छानबिन समितिले समेत परीक्षा अमर्या्दित भएको निष्कर्ष निकालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नियमअनुसार रद्द गर्न आईओएमलाई निर्देशन दिएको थियो । उक्त परीक्षामा ७ मेडिकल कलेजका ६२५ सिटका लागि ८ हजार ८ सय २७ जनाले परीक्षा दिएका थिए । अर्को परीक्षा मिति चाँडै घोषणा गरिने छ ।

Comment Here!

सम्बन्धित