Latest

सर्वोच्चमा बम राखिएको हल्लाले इजलास प्रभावित

Public Date:-2017-11-21

काठमाडौं– बम राखिएको हल्ला पछि सर्वोच्च अदालतमा मंगलबारको सबै इजलास स्थगित भएका छन् ।

अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको स्रोतले जनाएको छ । बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्बोच्चमा पुगेको छ । भने सुरक्षाकर्मीले खानतलासी सुरु गरेका छन् ।

सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको छ । सर्वोच्च प्रशासनले आजका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराएको छ ।

Comment Here!

सम्बन्धित