Latest

राजनितीमा लुटपाट, शोषण र हत्या जस्ता विषयहरू जनताको लागि नौलो पक्कै पनि होइन

Public Date:-2017-10-30

कविन्द्र कोइराला

आज एउटा विषयमा केहि भन्न गैरहेको छु। सामाजिक सञ्जालमा उठेको विषय र त्यसमा अत्याधीक समय खेर जाने तर बहसको चुरो पत्ता नलागेको र सोधेको प्रश्नको जवाफ नपाएका कारण यो ब्लग लेख्दैछु। म कुनै पार्टी विशेषको समर्थन गरेर बोलिरहेको छैन। मलाई कुनै पार्टीको समर्थन गर्नु जरूरी लाग्दैन र गर्न पनि परेको छैन किनकी आजसम्म कुनै पार्टीले दुइ पैसा खाएको छैन। हरेक मान्छेले कुनै न कुनै पार्टी विशेषको समर्थन गर्छन र गरिरहेका छन। केहि कमले बिगतमा गर्थे भने अधीक जनताले ऐले समर्थन गर्छन। चुनावको माहोल जो छ।

व्यक्तिगत प्रशंग जोडेर भन्नु पर्दा साधारण आम जनतालाई शोषण गर्ने, धम्क्याउने, लुट्ने, ज्यान मार्ने धम्की दिनेहरूलाई नै मेरो नजरमा गुन्डाको परिभाषा दिइन्छ। आज एउटा प्रशंग उठ्यो- “दीपक मनाङे फलानो पार्टीबाट टिकट लिगेर चुनाव लड्दैछ।” मलाई यो विषयसँग कुनै लेनदेन छैन। बिरोधी पार्टीका समर्थकहरू भन्दैछन “गुन्डाहरूले चुनाव लड्न थालेछन। यो नियम कहाको हो ? किन गुन्डाहरूलाई टीकट दिइन्छ? मनाङे गुन्डा हो, फलानोथोक ढिस्कानोथोक, आदि इत्यादी।”

मैले माथी उल्लेख गरे अनुसार मेरो नजरले नदेखेको तर तमाम जनताले गरिरहेको बिरोधमा एउटा प्रश्न सोध्न चाहन्छु- गुन्डा नाइके दीपक मनाङेले साधारण/आम जनस्तरमा के कति हानी र क्षती पुर्याएका छन ? फेरी पनि सोध्छु मनाङेले दुइ छाक रोटीको लागी धौ धौसँग लड्ने साधारण नेपालीको के बिगारेको छ ? कसलाई लुटेको छ ? कसलाई मारेको छ?
म त्यो पिडित या ति पिडितका आफन्तजनको आवाज सुन्न चाहन्छु जो साच्चै नै गुन्डा नाइके मनाङेबाट शोषित छन। नभए ति सबै भन्न डराएर मनाङेको त्राशका कारण लुकेर बसेका छन भने पिडितहरूलाई देखेर खपिनसक्नु भएका अन्य कोइ जनता छन भने म तिनको नै जवाफ सुन्छु।

राजनितीमा लुटपाट, शोषण र हत्या जस्ता विषयहरू जनताको लागी नौलो पक्कै पनि होइन। हिजो जनयूद्धका नाममा मारिएका १७८४८(स्पस्ट सुनिएको खबर अनुसारका मृतकहरू) र त्यहि जनयूद्धको वीष रोप्ने नेतालाई पहिलो संविधान सभाको चुनावमा “हाइ हाइका साथ” जिताउने नेपाली हामी नै हौ। ति मात्र नभई राजनितीमा लागेका अधिकांश नेता जसले साधारण नेपालीलाई दैनिक रूपमा लुटिरहेका छन, तिनका लागी सञ्जालमा भोट माग्दै वा-वाहीको थपडी पिट्ने हामी नै जनता होइनौ र? कि तिनले भारतको बिहारबाट भोटर बोलाएर चुनाव लडेर जितेका छन या तिब्बतबाट बोलाएर जितेका छन?

सायद यो सोध्नु जरूरी छैन। तिनलाई भोट गर्ने जनता हामी नै हौँ र तिनलाई जिताउन रातदिन लागी पर्ने अधिकांश जनता पनि हामी नै हौँ । फेरी पनि दोहोर्याए- हिजो यचल्धका नाममा जनता मार्ने ब्यू रोप्ने नामका अगाडिका डाक्टरहरू आज कुनै पार्टीमा देब्रे आँखा देखाउदै बिलय भए। तिनको साथ पाएर जनता नै मार्ने अर्का हसिया हथौडा बोक्ने मजदुर पनि उदाउदै गरेको बिहानीको सूर्यको पछाडि लागेर घाँस काट्न जादैछन।

खोइ ति खुलेआम जनता मार्नेहरूको बारेमा त कोइ चुक्क एक शव्द बोल्दैनन त। कि ति सबै प्रभु रामका रूप हुन ? २०५२ सालमा नै द्वन्धको व्यू नरोपेर ऐलेकै अवस्थामा फर्किनु नै नियती रैछ त जनताको ज्यान जादैनथियो। दीपक मनाङे एक नाम सुनिएका गुन्डा नाइके हुन। यो प्रशंगसँग मेरो कुनै लेनदेन छैन। चुनाव लडेर जितुन त्यो पनि सरोकारको विषय भएन। म ति तमाम जनतासँग एक पटक फेरी सोध्छु- मनाङेले साधारण जनता……………।

हामी नेपालीहरू हरेक दिन हामीले नै जिताएका हरेक नेताबाट लुटिएका छौँ, शारिरिक रूपमा नदेखिए पधि मानसिक रूपमा मारिएका छौ। त्यसैले यि सबै बेतुकका विषयलाई लिगेर झगडा नगरौँ र कुन उम्मेदवारबाट जनता लुटीएका छैनन, र जसलाई बिलकुलै जनताको चिन्ता छ भन्ने बिचार तपाइलाई लाग्छ, त्यहि उम्मेदवार खोजेर भोट हाली आफ्नै भविष्य सुनिस्चित गरौँ।

आफूले समर्थन गरेको पार्टी भन्दै पार्टी भित्रका जनता शोषकहरूलाई लुकाउने कोशिश गर्दै अरूलाई नंग्याउने काम नगरौँ। किनकी यहाँ हामी हरकोइ आफैले लुकाएको नेता नामक अपराधीहरूबाट दैनिक लुटिएका छौ।

जय मातृभूमि
जननी जन्म भुविस्व

Comment Here!

सम्बन्धित