Latest

फेरी एकपटक रामचन्द्र पौडेललाई पछार्ने दाउमा देउवा

निर्वाचन सार्ने खेल असफल भएपछि एकाएक फेरियो देउवाको रणनीति

Public Date:-2017-10-23

काठमाडौं— प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्न लागेका छन् ।

बाम गठबन्धनपछि अत्तालिएर कलिे माओवादी केन्द्रका मन्त्रीहरूलाई विना विभागिय बनाउने त कहिले लोकतान्त्रिक गठबन्धन गठन भनेर मधेशवादी दलहरूसँग छलफलमा जुटेका देउवाको निर्वाचन सार्ने अन्तिम कसरत असफल भएपछि आफु पार्टी सभापति हुँदा हुँदै पनि रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका रुपमा अघि सार्न लागेका छन् ।

आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन लगत्तै पार्टीको तर्फबाट नेता पौडेललाई नै प्रधानमन्त्रीको उम्मेद्धवार बनाउने उनको तयारी रहेको स्रोतको दाबी छ । पार्टीमा निकै लामो समयदेखि आफूलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका नेता पौडेल भने प्रधानमन्त्रीमा निर्वा्चित हुन सकेका छैनन् । देउवाले पछिल्लो समय धेरै चमत्कारिक निर्णयहरु गर्दै आईरहेका छन् । उनले पौडेललाई प्रधानमन्त्रीको रुपमा अघि सारेर अर्को चमत्कार गर्ने तयारी गरिरहेका छन् ।

एमाले, माओवादी केन्द्र र अन्य साना कम्युनिष्ट पार्टीहरु मिलेर बृहत्त बाम गठबन्धन बनाएपछि देउवाले पनि कांग्रेसको नेतृत्वमा प्रजातान्त्रिक मोर्चा बनाउने तयारी कसेका छन् । जसमा उनले राप्रपा, राप्रपा प्रजातान्त्रिकसँग सहमति गरिसकेका छन् । त्यस्तै उनले राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई पनि साथमै लिएर चुनावी मैदानमा उत्रिने रणनीति बुनेका छन् । तर, फोरम र राजपाले भने अहिल्यै गठबन्धन असंभव भएको भन्दै चुनावी तालमेलको लागि पनि कांग्रेस अझै लचिलो बन्नुपर्ने जिकिर गर्दै आएका छन् ।

Comment Here!

सम्बन्धित