Latest

भुकम्प पीडितलाई एकमुष्ठ अनुदान दिनुपर्छ भन्दै प्रतिपक्षमा हुँदा आन्दोलन गर्ने काँग्रेस सरकारमा पुगेपछि सीइओ फेर्नमै व्यस्त

Public Date:-2017-10-23

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा प्रधानमन्त्री रहँदा प्रतिपक्षमा बसेर भुकम्प पीडितलाई एकमुष्ठ अनुदान दिनुपर्ने भन्दै आन्दोलन गर्ने काँग्रेस आफु सरकारमा पुगेछि पुर्ननिर्माण प्राधिकरणको सीइओ फेर्नमै व्यस्त रहेको छ ।

आफु सत्तामा पुगेपछि सुशिल ज्ञवालीलाई हटाई गोविन्दराज पोखरेललाई सीइओ बनाएका नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरेलले नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्ने भएपछि दिएको राजिनामा स्विकृत गर्दै नयाँ सीइओमा युवराज भुसाललाई नियुक्त गरेको हो ।

पुनर्निर्माणको प्रभावकारी कार्य सुरुवात गरेका सुशील ज्ञवालीलाई हटाई कांग्रेसको दवावमा प्राधिकरणको सीइओ नियुक्त गरिएका पोखरेलले पुनर्निर्माणको काम अलपत्र पारी प्युठानबाट चुनाव लड्न सीइओबाट राजीनामा दिनुभएको हो । नयाँ सीइओ नियुक्त गरिनु भएका युवराज भुसाल कांग्रेस नेता रामचन्द्र पौडेलका सम्धी हुनुहुन्छ । भर्खरै प्राधिकरण प्रमुखबाट राजीनामा दिनु भएका पोखरेल भने कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाका बहिनीज्वाईं हुनुहुन्छ ।

यसैगरी मन्त्रिपरिषद बैठकले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । मुख्य सचिवका दावेदार रहनु भएका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले पदबाट दिनुभएको राजीनामा क्याविनेट बैठकले स्वीकृत गरेको छ ।

यस्तै प्रधानमन्त्री कार्यालयमा रहनुभएका शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयमा पुर्याएको छ । सामान्य प्रशासन सचिव मोहनकृष्ण सापकोटालाई गृह सचिवको जिम्मेवारी दिएको छ । नियध्वज जिसीलाई बन, रश्मीराज पाण्डेलाई सामान्य प्रशासनमा सरुवा गरेको छ । यस्तै सहसचिव विष्णुओम वादेलाई सचिवमा बढुवा गर्ने निर्णय पनि क्याविनेटले गरेको छ ।

Comment Here!

सम्बन्धित