Latest

नेपाल पत्रकार महासंघको अध्यक्षमा आचार्य

Public Date:-2017-08-22

 काठमाडौं– नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी भएका छन् । सोमबार भएको मतदानपछि भएको मतगणनामा आचार्य प्यानलले पदाधिकारी सहित प्रायः पदमा जितेको हो ।

आज बिहान आएको नतिजा अनुसार आचार्यले ७ सय ३२ र उनका प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६ सय २७ मत प्रँप्त गरेका छन् ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार समेत रहेका प्रेस सेन्टरका आचार्यले नेपाल प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट अध्यक्षमा उम्मेदवार दिएका थिए ।

यसैगरी उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।

महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वा्चित भए ।

 यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् । लेखा समिति सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए ।

 प्रदेशबाट निर्वाचित हुनेहरू :

प्रदेश नम्बर १

सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)

प्रदेश नम्बर २

देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)

प्रदेश नम्बर ३

द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)

प्रदेश नम्बर ५

बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)

प्रदेश नम्बर ७

मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)

Comment Here!

सम्बन्धित