Latest

बिद्युत प्राधिकरणले सुरु गर्यो अनलाइन महसुल भुक्तानी सेवा, लाइन बस्नैपर्ने बाध्यता बाट राहत

Public Date:-2017-08-21

नेपाल विद्युत प्राधिकरणले आफ्ना ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता बाट राहत दिएको छ । अब  घरमानै  बसीबसी अनलाइनबाटै बिद्युत महसुल तिर्न सकिने छ ।

इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने बेवस्था प्राधिकरणले आजबाटनै  सुरु गरेको हो ।

प्राधिकरण कार्यालय लगनखेलका ग्राहकले सोमबारदेखि अनलाइनबाटै भुक्तानी गर्न थालि सकेका छन् । भने १५ दिनभित्र उपत्यकाका सबै ग्राहकलाई अनलाईन महसुल भुक्तानी सुविधा दिने गरी काम भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

 महसुल महालक्ष्मी बिकास बैंक, ई-सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्राली, पेप्वाइन्ट, प्राली र सिटी एक्सप्रेसका जुनसुकै शाखाबाट पनि तिर्न सकिनेछ ।

साथै प्राधिकरणले हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्लीयरिङ हाउससँग पनि सम्झौताकोे तयारी गर्दैछ । यस्तो महशुल किओस्क, पोस डिभाइस, मोबाइल एपबाट पनि तिर्न सकिने छ ।

बैंक, मोबाइल, वालेट सर्भिस प्रोभाइडर, तथा रेमिट्यान्स कम्पनी गरी अहिलेलाई झन्डै १५ हजार शाखाबाट यस्तो महसुल तिर्न सकिने सुबिधा उपलब्ध भएको छ । यसलाई अझै बिस्तार गर्दै जाने प्राधिकरणले जनाएको छ ।

अनलाइन महसुल भुक्तानी सेवा सुचारु गरेको जानकारी दिनको लागि आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले भने, “प्राधिकरणको शाखा कार्यालयमा लाइन लागेर महसुल तिर्नपर्ने बाध्यता अब हट्ने छ ।”

साथै उनले अब मिटर रिडिङका लागि मिटर रिडरलाई घर-घरमा जानैपर्ने बाध्यतालाई हटाउन लागेको जानकारी समेत दिएका छन् । सबैतिर स्मार्ट मिटर जडान भएपछि कार्यालयबाटै मिटर रिडिङ हुने व्यवस्था पनि गर्ने मन्त्री शाहीको भनाइ छ ।

 

Comment Here!

सम्बन्धित