Latest

गायन संगै भिडियो निर्देशनमा अमित निर्देशन गरे ” परदेसको जिबन ” ( सुटिंग रिपोट सहित )

Public Date:-2017-08-21

जापान अध्यायन संगै गायन क्षेत्रमा सक्रिय अमित सापकोटा भिडियो निर्देशक तथा छायाकार को रुपमा पनि देखिएका छन।

चर्चित गायक राजु ढकालको लयमा मार्मिक परदेसी गित ” परदेसको जिबन ” उनको निर्देशनमी चाडै बजारमा आउने भएको छ। गितमा स्वर रहेको छ राजु ढकाल र देबि घर्ती मगरको , शब्द रहेको छ प्रमोद पराजुलीको भने अभिनय रहेको छ ज्ञानु भाई ( ज्ञानेन्द्र ) र सुजता क्षवालीको। म्युजिक भिडियो जापानको योकोहामा , टोकियो लगायतका रमणिय ठाउहरुमा छायाकन गरिएको छ।

म्युजिक भिडियो जापानमै छायाकन गरिएको भएतापनि नेपालको परिबेस सुहाउदो ठाउहरुमा भिडियो छायाकन गरिएको निर्देशक सापकोटाले जानाकारी दिए।

म्युजिक भिडियोलाइ सम्पादन गरेका हुन नमस्ते टोकियो टि.भि. का सम्पादक कृष्णहरि खड्काले भने उत्पादक तथा वितरक को काम गरेको छ आसय डिजिटलले। भिडियोको सम्पादनको काम सबै सकिएको र अब चाडै नै बजारमा आउने निर्देशक सापकोटाले जानाकारी दिए।

Comment Here!

सम्बन्धित