Latest

काठमाडौं प्रहरी प्रमुखमा रविन्द्र धानुक आउँदै

Public Date:-2017-08-20

काठमाडौ– काभ्रे जिल्लाको प्रहरी प्रमुख हुँदा रक्तचन्दन तस्करी र गुण्डागर्दी नियन्त्रण गर्न सफल भएका रविन्द्र धानुक काठमाडौं प्रहरी प्रमुखको जिममेवारी सम्हाल्न आउने भएका छन् ।


धानुकलाई आजै काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिनेबारे गृहमन्त्री र आइजीवीबीच सहमती भएको स्रोतले बताएको छ ।

एसपीबाट एसएसपीमा बढुवा भएका धानुकलाई काठमाडौं प्रहरी प्रमुख बनाउन गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालबीच सहमति समेत भइसकेको समेभ भइसकेको प्रहरीनिकट उच्च स्रोतले जनाएको छ ।

लामो समयदेखि रिक्त पदमा पदपूर्ति गरेसँगै गृह मन्त्रालयले अवधि पुगेका तथा खाली भएका ठाउँमा एसएसपी सरुवाको तयारी गरिरहेका बेला धानुक सबैको चासो रहने र अत्यन्तै चुनौतीपूर्ण पोस्टिङ मानिने काठमाडौं जिल्ला सम्हाल्न आउन लागेका हुन् ।

कमाण्ड कन्ट्रोल र अपरेशनमा अब्बल अधिकृतको रुपमा चिनिने उनी यस अगाडि रुपन्देहीको प्रहरी प्रमुख थिए । डीएसपी हुँदा काभ्रे, दार्चुला, रुकुम र एसपी हुँदा सर्लाही र रुपन्देहीको कमाण्ड सम्हालिसकेका धानुकले स्थानीय तह निर्वाचनमा रुपन्देहीमा उत्कृष्ट काम गरेर चर्चा बटुलेका थिए ।

Comment Here!

सम्बन्धित