Latest

नेपाली चलचित्र छक्का पन्जा २ जापानमा प्रर्दशन हुदै ,संकलित रकम बाडीपिडितलाई सहयोग गरिने।

Public Date:-2017-08-20

कृष्णहरि खड्का ,जापान टोकियो

नेपाली कथानक चलचित्र छक्का पन्जा २ जापानमा प्रर्दशन हुने भएको छ। ओटु इभेन्ट्सले गत साता नेपालको तराई भू-भागमा आएको भिषण बाढीका कारण पीडित भएकाहरुको सहयोगार्थ जापानमा वहुप्रतिष्ठित नेपाली चलचित्र दशैको फूलपाती कै दिन २७ सेप्टेम्बर बुधबार नाकानो जिरो हलमा पहिलो प्रदर्शन हुने छ भने ८ अक्टोबर आइतबार नाकानो जिरो हलमै दोस्रो प्रदर्शन हुने भएको छ ।

ओटु इभेन्ट्सले आयोजना गर्न लागेको चलचित्र प्रदर्शनबाट उठेको रकम बाढी पीडितहरुको राहत र पुनर्स्थापनाका लागि खर्च गरिने आयोजकले जनाएको छ ।


जापानमा रहेर सामाजिक काममा संलग्न युवाहरुको समूह ओटु इभेन्ट्सले चलचित्र प्रदर्शन गर्न लागेको हो । उक्त प्रदर्शन साँझ ६स्३० बजे सो शुरु हुने आयोजकले जनाएको छ ।

नाकानो जिरो हल लगत्तै जापानका अन्य शहरहरु फुकुओका, नागोया, ओसाका लगायतका शहरहरुमा पनि प्रदर्शनको कार्य योजना बनिरहेको आयोजकले जनाएको छ ।


दिपाश्रीको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, किरण के।सी, प्रियंका कार्की, वर्षा राउतसँगै स्वस्तिमा खड्का र स्वरुप ढकालको अभिनय रहेको छ ।

Comment Here!

सम्बन्धित