Latest

धन दोङको सेलो पप एल्बम बजारमा

Public Date:-2017-08-15

राजाराम गौतम

नव गाएक तथा संगितकार धन दोङ तामाङको सेलो पप एल्बम रिदम्स अफ सेलो बजारमा आएको छ । श्रावण २८ गते शनिबार साँस्कृतिक संस्थान, जमल नाचघर काठमाडौमा तामाङ चलचित्र काला दाग (रगतको दाग) को विशेष प्रदर्शन र सगैं तामाङको सेलो पप एल्बम विमोचन गरिएको हो ।

जिग्मे मिडिया प्रोडक्सनले बजार व्यवस्थापन गरेको रिदम्स अफ सेलो एल्बममा ६ वटा गित समावेस गरिएको छ । एल्बममा ५ वटा गित एकल गायन रहेको छ भने एउटा गित दोहोरि समावेस गरिएको छ । जसमा १ नंम्बरमाा तामाङ सेलोमा, २ मा बिना झरी, ३ मा हिमाली देश, ४ मा नेपाल आमा, ५ मा डम्फु है बज्यो र ६ मा गरी च्याङ्बा र मैच्याङ भन्ने बोलका गरी जम्मा ६ ओटा गित समावेश गरेका छन् ।

हिमाली देशको बोलको गितमा मोहन कुमार शाहको शब्द सङ्गित रहेको छ भने बिना झरी बोलको गितको शब्द र सङ्गीत गायक आफ्नैको छ । बाकी सबैमा गायक स्वयंले सङ्गीत भरेका छन् भने १, २, ४ र ६ नम्बरको शब्द दबिन्द्र तामाङ्को रहेको छ र ६ नम्बरको दोहोरी गितमा गायिका अग्निशा लामाले गायक दोङलाई साथ दिएकी छिन् ।

गत शनिबार नाचघरमा व्यवस्थापिका संसदका सभामुख ओन्सरी घर्ति मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रोशी गाउँपालिका प्रमुख एवं चलचित्र निर्माता निर्देशक डि. बि. मोक्तान, पहिलो तामाङ गायक चन्द्र कुमार मोक्तान, जनता टेलिभिजनका निर्देशक एवं सन्चारकर्मी दिपेन्द्र दोङ, जिग्मे मिडिया प्रोडक्सनका निर्देशक सूर्य लामाले संयुक्त एल्बम बिमोचन गरेका थिए ।

सक्सेस फिल्म प्रा. लि. र को म्हेन्दो मिडिया हाउस बनेपाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा नेपाली तारा २ का विजेता सन्तोष लामा, चर्चित गायक तथा सङ्गितकार बिशाल काल्तान, गायिका जितु लोप्चन, हास्य कलाकार गोकुल लामा र मिडिया हाउसका विद्यार्थीहरु लगायतका कलाकारहरुले आ–आफ्नो साङगिति प्रस्तुति दिएका थिए ।


सोहि अवसरमा तामाङ चलचित्र काला दागको पनि च्यारीटि सो गरिएको थियो । अमर लामाको प्रस्तुती र बसन्त मोक्तान र चन्द्र लाल दोङ्को निर्माणमा बनेको काला दाग तामाङ चलचित्रको मुख्य भूमिकामा चर्चित नायक कुमार मोक्तान, नायिका सीता थिङ, वसन्त मोक्तान, मनिक घिसिङ, चन्द्र लाल दोङ, अमर लामा, खलनायक बिकु थोकर, दूध दोङ, बुद्द लामा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

Comment Here!

सम्बन्धित