Latest

बालमैत्री अभियानमा अगाडी बढ्दै पनौती नगरपालीका

Public Date:-2017-08-12

पनौती- पनौती नगरपालीकाका जनप्रतिनीधिहरु विच बालमैत्री स्थानिय शासन सम्बन्धि रणनीतिलाई प्रर्वधन गर्न अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

पनौती नगरपालीकाको आयोजना , सिर्जनशिल समाज नेपालको समन्वय र युनिसेफ नेपालको सहयोगमा शुक्रबार जनप्रतीनिधीहरुका लागि बालमैत्री स्थानिय शासनको अवधारण र यसको पनौती नगरपालीकामा सम्भावना तथा चुनौतिका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा स्थानिय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले नयाँ संरचनामा बालमैत्री स्थानिय शासन र बालबालीकामा स्थानिय तहको लगानीको सन्दर्भमा जनप्रतीनिधीहरुलाई अभिमुखीकरण गर्नु भएको थियो । त्यस्तै युनिसेफ नेपालकी प्रतीनिधी इन्दिरा कोइरालाले बालमैत्री स्थानिय शासनको अवधारणा र जनप्रतीनिधीको भुमिकाको विषयमा छलफल चलाउनु भएको थियो । कार्यक्रममा सिर्जनशिल समाज नेपालका अध्यक्ष नवराज ढकालले स्थानिय तहमा बाल क्लव र बालबालीकाको लागि जनप्रतिनीधिको भुमिका र संस्थाले आगामी दिनमा गर्ने कामको विषयमा जानकारी दिनु भएको थियो ।

त्यस्तै कार्यक्रममा प्रतिवद्धता जनाउदै पनौती नगरपालीकाको मेयर भिम न्यौपानेले बालमैत्री स्थानिय शासनको सुचकहरुलाई पुरा गर्दै वडागत रुपमा बालमैत्री वडा घोषणा गर्ने र सिङ्गो नगरपालीकालाइ बालमैत्री बनाउने बताउनु भयो । कार्यक्रममा उपप्रमुख गिता बञ्जारा लगायत वडा प्रतीनिधीहरुले बालमैत्री अभियानमा अग्रसर हुने प्रतिवद्धता जनाएका थिए ।

पनौती नगरपालीकाकी कार्यकारी अधिकृत दुर्गादेवी देवकोटाले बालबालिका क्षेत्रमा भैरहेको कामहरुको बारेमा जनप्रतीनिधीहरुलाई जानकारी दिनु भयो । पनौती नगरपालीकाका सामाजिक विकास शाखाका केशव बञ्जाराले पनौती नगरपालीकाको बालमैत्रीमा पुगेको सुचकहरुको बारेमा जानकारी दिनु भएको थियो ।

Comment Here!

सम्बन्धित