Latest

सिन्धुलीमा एकाबिहानै पहिरोमा परी एकै घरका चारको मृत्यु

Public Date:-2017-08-12

 

काठमाडौं – शनिबार बिहानै गएको पहिरोमा परी घर भत्किँदा सिन्धुलीको कमलामाई –६ गैरीगाउँमा एकै परिवारका चारजनाको ज्यान गएको छ ।

आज बिहान करिब चार बजेतिर गएको पहिरोमा परी दुर्गा खड्का, छोराहरू अनिज खड्का, मनिष खड्का र छोरी शोभा खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका दुर्गाका श्रीमान उदयबहादुर खड्कालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

 

Comment Here!

सम्बन्धित