Latest

चुडामणि शर्मा थुनामुक्त,यस्तो छ सर्वोच्चले दिएको आदेशको पूर्णपाठ

Public Date:-2017-08-11

काठमाडौं – सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत पूर्ण इजलासले शर्मालाई रिहा गर्न आदेश दिएको हो।

कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन ।

शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहनेछ । कर फस्र्योट आयोगमार्फत गैरकानूनी रुपमा कर मिनाहा दिइएको भन्दै गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो ।

आयोगल शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दावी गर्दै साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

गत साउन सर्वोच्चले शर्माको मुद्दालाई पूर्ण इजलासमा पठाएको थियो । सर्वोच्चले शर्मालाई साउन १७ गते अख्तियारबाट न्यायीक हिरासतमा राख्ने आदेश दिएको थियो ।

यस्तो छ सर्वोच्चले दिएको आदेशको पूर्णपाठ

Comment Here!

सम्बन्धित