Latest

जिल्ला समन्वय समिति काभ्रेमा एमालेको प्यानल विजयी

Public Date:-2017-08-09

कविराज ढकाल

काभ्रे— जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनबाट नेकपा एमालेको प्यानल विजयी भएको छ । आज सम्पन्न निर्वाचनबाट नेकपा एमालेका नेता उद्धव के.सी. जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका हुन् ।

केसीले १४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी शंखबुद्ध लामाले १२ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा नेकपा एमालेकै मञ्जु गौतम निर्वाचित भएकी छन् ।

यसैगरी सदस्यहरूमा पनि एमालेबाट सन्तुन केसी, प्रेम लामा, कृष्णबहादुर तामाङ, विकास मग्राती महिला सदस्यमा राजकुमारी श्रेष्ठ, मैयाभक्ती श्रेष्ठ र दलित महिला सदस्यमा गिता सुनवार निर्वाचित भएका छन् । विजयी सबैले १४ मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट उपप्रमुखमा चेतमाया चौलागाईं, सदस्यहरुमा मकुन्द सापकोटा, सुमन पाण्डे, नवराज थापाले उम्मेदवारी दिएका छन् भने महिला सदस्यमा रामप्यारी श्रेष्ठ, माइली दनुवार र दलित महिला सदस्यमा विष्णु विश्वकर्माले उम्मेदवारी दर्ता गराएका थिए । उनिहरू सबैले १२ मत प्राप्त गरे ।

निर्वाचनमा नेपाली काँग्रेसको नेतृत्वमा काँग्रेस–माओवादी एमालेसँग प्रतिस्पर्धामा उत्रेको थियो । काभ्रेका १३ वटा स्थानीय तह मध्ये एमालेले ७ वटा तहमा प्रमुख उपप्रमुख सहित बहुमत सदस्य जितेको थियो ।

नेपाली काँग्रेसले ४ र नेकपा माओवादी केन्द्रले दुई स्थानीय तहमा जित हासिल गरेका थिए ।

Comment Here!

सम्बन्धित