Latest

युरोपियन सुपर कप फुटबलको उपाधि रियाल मड्रिडलाई, म्यानचेस्टर युनाइटेड हार्‍यो

Public Date:-2017-08-09

टेलिकोम एरिना – युरोपियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि स्पेनिस क्लब रियाल मड्रिडले जितेको छ ।

मेसेडोनियाको राजधानी स्कोप्जे सहरको टेलिकोम एरिनामा मंगलबार राति भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराउँदै रियाल मड्रिडले उपाधि जितेको हो ।

रियाल मड्रिडका लागि २४ औं मिनेटमा क्यासेमिरो र ५२ औं मिनेटमा इस्कोले गोल गरे ।

म्यानचेस्टरका रोमेलु लुकाकुले ६२ औं मिनेटमा गोल फर्काउँदै अन्तरमात्र कम गरे ।

जितसँगै रियाल मड्रिड २७ वषपछि युएफा सुपर कप फुटबलको साविक उपाधि रक्षा गर्ने पहिलो टिम बनेको छ ।

यो हारले सबैभन्दा बढी धक्का म्यानचेस्टर प्रशिक्षक होजे मौरिन्होलाई परेको छ । उनले पूर्व क्लव रियाल मड्रिडलाई पछार्न सकेनन् ।

Comment Here!

सम्बन्धित