Latest

देउवालाई पार्टी फुटाएको आरोप लगाउँदै थापाले लिए समर्थन फिर्ता

Public Date:-2017-08-08

काठमाडौं— सत्तासिन दलले आफ्नो पार्टी फुटाएको आरोप लगाउँदै राप्रपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज पार्टी मुख्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय लिएको हो । पार्टी अध्यक्ष थापाले गरेको प्रस्तावलाई सबैले अनुमोदन गरेका छन् । यसैबीच पशुपति शमशेर राणाले केन्द्रिय सदस्यलाई पैसामा किनेको आरोप दिलनाथ गिरीले लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दे गिरीले भने, “एकएक गरेर प्रमाणित गरिदिन्छु । हरेक सदस्यलाई बोलाएर पैसाको प्रस्ताव गरिएको थियो ।” धेरै केन्द्रिय सदस्य र सासंदले पैसाको प्रस्ताव अस्विकार गरेको तर केही भने पैसामा किनिएको गिरीले आरोप लगाए । “हामीसँग प्रमाण छ ।” गिरीले भने ।

पार्टी दर्ताका लागि निर्वाचन आयोग र सरकारको संरक्षणमा सनाखत गराउने काम भएको गिरीको आरोप छ । सरकारी पक्षले पशुपतिशमशेरलाई पार्टी फुटाउन उक्साएको दाबी गिरीको छ । पशुपतिशमशेरले सिफारिस गरेकालाई मन्त्री बनाउने आश्वासन सरकारी पक्षले दिएको गिरीको ठोकुवा गरे । अब पशुपतिशमशेर पक्षधर सरकारमा सहभागि भएमा त्यसको पुष्टी हुने गिरीको तर्क छ । गिरीले पार्टीभित्र साङ्घातिक हमला भएको आरोप लगाउँदै गिरीले पार्टीलाई ध्वस्त बनाउन खाजिएको बताए ।

Comment Here!

सम्बन्धित