Latest

जनविश्वास गुमाउँदै सिन्धुली जिल्ला अदालत !

Public Date:-2017-08-08

सिन्धुली – सिन्धुली जिल्ला अदालतका माननीय न्यायाधीस पुरुषोतम भट्टराईले सिन्धुलीमा रहेर न्याय सम्पादन गर्दा गरिएका लापरवाही र अनैतिक क्रियाकलापका विवरणहरु वाहिर आउन थालेका छन् ।
विराटनगरमा रहँदा निश्पक्ष न्याय सम्पदन नगरेपछि काठमाडौ जगेडामा तानिएका भट्टराई श्रीमान् भोलाप्रसाद चौलागाई बढुवामा परेर उच्च अदालत पाटनमा सरुवा भएपछि सिन्धुली जिल्ला अदालतमा आएका थिए ।
सिन्धुली जिल्ला अदालतबाट उनले मरिण खोलाकी लठेब्री वालिकालाई बलात्कार गरेको घटनामा अभियुक्तलाई तारेखमा छोडेर पहिलो न्याय सम्पादान थालेका भट्टराईले त्यसपछि आधा दर्जन घटनामा पिडितलाई न्याय दिलाउने भन्दा अभियुक्तलाई उन्मुक्ति दिने काम गरेको स्वयंम अदालतकै कर्मचारीहरु बताउने गर्छन् ।
मरिणको वलात्कार घटनामा न्यायाधीस भट्टराईले अभियूक्तलाई घरौटीमा छोडेपछि आक्रोसित महिलाहरुको समूहले उनलाई कार्यकक्षमै घेराउगरी आक्रमणको प्रयाश गरेका थिए । त्यस क्रममा उनले आफ्नो आदेश गलत भएको र पिडितलाई तारेखलिन आउँदा पक्राउगरी पुर्पक्षमा पठाउने प्रतिवद्धता जनाएपछि महिलाहरु फर्केका थिए । तर गत सातामात्रै अन्तिम किनारा लागेको भनिएको उक्त मुद्धामा पिडित परिवारलाई पैसामा किनेर अघिल्लो पटक गरिएको बयाननैं फेरियो र पिडकलाई पुनः सफाई दिइयो ।
आफ्नै परिवारका सदस्य र सर्वोच्च अदालतका रजिस्टार समक्ष विराटनगरमा देखाएको पुरानो हरकत सिन्धुली आएपछि छोड्ने प्रतिवद्धता जनाएका उनले वालिका मन्दिरा राउत करणी र हत्या अभियोगमा वकपत्र गराउन आएका पिडित परिवारजनलाई अदालत भित्रै “तिमीहरुले छोरी पनि गुमायौं, न्याय पनि पाएनौं, तिमिहरुले मुद्धा हार्छौ भनेर अभिव्यक्ति दिए ।” पिडित कृष्णवहादुर राउतले भने  मैंले अदालतबाट न्याय पाउँछु भन्ने विश्वास गरेको थिएँ, नसामा हल्लिएका न्यायाधीसले दिएको अभिव्यक्तिबाट म झस्केको छु । छोरीको हत्या भएपछि पिडकलाई कारबाही होस् भनेर अदालतको ढोका ढक्ढक्याउन पुगेका उनले अब न्याय पैसामा किन्नु पर्ने अबस्था आएकोमा दुखेसो पोखे ।
अदालतप्रति अविश्वास बढ्दो !
सिन्धुली जिल्ला अदालतबाट न्यायाधीस भट्टराईले गरेको न्याय सम्पादनको पछिल्लो विवरणले अदालतको गरिमामाथि अविश्वास पैदा मात्रै गराएको छैन, आम सर्वसाधारणमा अविश्वास मात्रै बढाएको छ ।
झण्डै दुई साता अगाडि जिल्ला वार एशोशिएशनले अदालतले वारलाई वाइपासगरेको र असहयोग गरेको भन्दै अदालतले वोलाएको कुनै पनि बैठकमा सहभागी नहुने निर्णय ग¥यो । वार र अदालत बीचको यो विवाद भट्टराई सिन्धुली अदालतमा आएपछि मात्रै भएको हो ।
वार र अदालत बीचको यो विवादमा “असहयोग र वाइपास” भनिए पनि यसको अन्तरकथा निकै अनौठो  रहेको देखिएको छ । जिल्ला अदालतका श्रेस्तेदार धनवहादुर कार्कीको निर्देशनमा न्यायधीस भट्टराईले मुद्धाको शुरु र किनारा लगाउन थालेपछि वकीलहरुकै बीचमा श्रेस्तेदारको नजिक बन्ने होडवाजीनैं चल्यो । श्रेस्तेदारको कुर्चीमा आएर न्यायाधीस बस्नथालेपछि वकीलहरुले श्रेस्तेदार न्यायाधीस भनेर खिल्ली उडाएका थिए, निर्वाचनका बेलामा । तर त्यो क्रम अहिले पनि निरन्तर जारीनैं छ ।
वालिका बेचविखन र वलात्कार प्रकरणको मुद्धामा कार्कीले नजराना लिएर गरेका थुनछेकको आदेशले मात्रै होइन, वयाननैं उल्ट्याएर गरिएका फैसला र कथित विचौलिया वकीलहरुको नाता सम्बन्धले गर्दा वार र अदालत बीचको दुरी बढेको स्वयमं वकीलहरुनैं बताउने गर्छन् । अझ रमाइलो कुरा त के छ भने अधिवक्ता टंकध्वज थापा र अर्का अधिवक्ता जयकुमार सापकोटा बीचको टकरावले पनि वार र अदालतबीच खाडल परेको बताइन्छ ।
एमाले जिल्ला कमिटी सदस्य समेत रहेका सापकोटा र एमाले कार्यकर्ता रहेका थापा बीच अस्वस्थ प्रतिस्पर्धानैं कारक रहेको बताइन्छ । वकीलहरुका अनुसार अर्वोच्च अदालतमा रहेका आफन्त मार्फत जिल्ला न्यायधीसलाई भनसुनपछि हार्नुपर्ने मुद्धामा जीत हाँसिल गरेका सापकोटाको त्यही प्रकृतिको अर्को मुद्धामा पराजय हात लागेपछि न्यायाधीस  भट्टराईसँग साँझ विहान उठवस गर्ने अधिवक्ता थापाकै कारण आफ्नो पक्ष हारेको निश्कर्ष निकाल्दै एमाले कार्यकर्ता रहेका जिल्ला वार अध्यक्ष जंगवहादुर राईलाई बैठक डाक्न लगाएर अदालतले वोलाएको बैठक बहिस्कार गर्ने कठोर निर्णय गराएका थिए । वकिलहरु भन्छन्ः वारको उक्त निर्णय नितान्तः विचौलियाहरुको टकरावको परिणाम भएको र वार अध्यक्षलाई प्रयोग मात्रै गरिएको हो । यी र यस्तै कारणलेहरुले पनि अहिले सिन्धुली जिल्ला अदालतको विश्वस्नीयता गुम्न थालेको छ ।
शक्ति केन्द्र धाउँदै भट्टराई !
काजमा आएका जिल्ला न्यायाधीस भट्टराई जिल्ला समन्वय समितिको निर्वाचन गराएर दरवन्दीसहित सिन्धुली जिल्ला अदालतमा बसेर न्याय न्यार्थ ( न्याय र अर्थ) सोच बनाएर दुई साता लामो राजधानी बसाई गरेर फर्केका छन् । सर्वोच्च अदालतका रजिस्टार र प्रधान न्यायाधीस गोपाल पराजुली लाई भेट गरेर सिन्धुलीमैं दरबन्दी कायम गर्न वा काठमाडौमा मिलाई दिन भनेका थिए, तर उनलाई प्रधानन्याधीसले काठमाडौ भन्दा अन्य जिल्लामा जान भनेका थिए, स्रोतले भन्यो ।
गाडीको दुरुपयोग !
सिन्धुली जिल्ला अदालतको गाडी अहिले सिन्धुलीका काला व्यापारीहरको सामान ओसार्न प्रयोग हुन थालेको छ । सिन्धुली जिल्ला अदालतमा आएपछि अदालको पुरानो ड्राइभर लाई हटाएर नयाँ राखेपछि अदालतको गाडी भारतीय बजार रक्सौलबाट अवैध सामान ओसार पसारमा प्रयोग हुन थालेको छ । न्यायाधीस भट्टराई खानपानमा लागेपछि त्यसको फाइदा उठाउँदै सुन ओसार पसार गरिएको आशंका गरिएको छ । यस विषयमा उनीसँग बुझ्न खोज्दा फोन उठेन  र सम्पर्क हुन सकेन ।

Comment Here!

सम्बन्धित