Latest

शनिबार निधन भएका वडा अध्यक्ष बोहराको सब ४ दिन पछी अछाम ल्याइयो

Public Date:-2017-08-08

एकेन्द्र महता .अछाम

शनिबार निधन भएका बोहराको सब अछाम ल्याइएको छ ।

वाजुराको प्रसिद्ध धार्मिक स्थल बडिमालिका दर्शन गर्न जाने क्रममा त्रिवेणी नगरपालिका ९ लौरी विनायाकमा लेक लागेर निधन भएका अछामको मेल्लेख गाँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष राम बहादुर बोहराको सव ४ दिन पछी अछाम ल्याईएको हो ।

आईतवार देखी नेपाली सेनाको हेलिकप्टरबाट सव ल्याउने प्रयास भएपनी खराव मौसमका कारण सव ल्याउन सकिएको थिएन । आज भने बोहराको सब मेल्लेख पु¥याईएको र आजै दाहसंस्कार हुने अछामका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताए ।


सव रहेको स्थान अत्यन्तै अफ्ठ्यारो भएकाले पनी सव ल्याउनमा ढिलाई भएको थियो । सुदुरपश्चिमकै प्रशिद्ध धार्मिक तिर्थस्थल मानिएको बाजुरामा रहेको बढीमालिका मन्दिरमा साउन शुक्ल चतुर्दशीका दिन लाग्ने मेलामा दर्शनको लागि जाने क्रममा शनिवार उनको लेक लागेर मृत्यु भएको थियो ।


दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा मेल्लेख गाँउपालिका वडा नम्वर ५ विन्देवासिनीका लागि कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । समाजसेवामा समेत सक्रिय बोहरा शसस्त्र प्रहरी वलमा हवल्दार पदमा काम गर्दैगर्दा द्धन्द्धकालमा घाईते भएपछि नेपाल सरकारले आरामको लागि घर पठाएको थियो ।

मृतक बोहराका दुई छोरा एक छोरी र श्रीमती रहेका छन् ।

Comment Here!

सम्बन्धित