Latest

प्र.म.देउवालाई आपुर्ति सचिव प्रेम राईले टेरेनन, प्रधानमन्त्री कार्यालयको पुनः पत्र

Public Date:-2017-08-08

काठमाडौं – नेपाल आयल निगमले जग्गा खरिद प्रकरणमा अनिमितता गरेको सार्वजनिक टिप्पनी भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले आपुर्तिमन्त्रालयका सचिव प्रेम राईलाई सत्य तथ्य छानविन गर्न निर्देशन दिए । लिखित निर्देशन दिएको लामो समय वितिसक्दा पनि सचिव राईले कुनै वास्ता गरेनन् ।

प्रधानमन्त्री कार्यालयले जग्गा खरिद प्रकरणको यथार्थ जानकारी गराउन सचिव राईलाई लिखितरुपमै पत्राचार गरेको थियो । सरोकारवाला मन्त्रालय नै मौन बसेको देखेर प्रधानमन्त्री कार्यालय चकित परेको छ ।

जग्गा खरिद प्रकरण बारे यथार्थ जानकारी माग्दै प्रधानमन्त्री कार्यालयले पुनः सोमवार मन्त्रालयलाई लिखित आग्रह गरेको स्रोतले बताएको छ ।

विगत १८ बर्षदेखि सरकारले इन्धन संचितिकरणको कुनै उपाय अबलम्बन गरेको छैन । इन्धन संचितिकरण नभएका कारण आपुर्ति बन्द भए एकसातामा हाहाकार मच्चिने सम्भावना छ । इन्धनको क्षमता बढाउन भन्दै आयल निगमले जग्गा खरिद गरेको थियो ।

निगमले जग्गा खरिदमा ठुलो आर्थिक अवचलन गरेको भन्दै ब्यवस्थापिका संसदको लेखा र अर्थसमितिमा कुरा उठेको छ । लेखा र अर्थसमितिले छानविन समिति नै बनाई सकेका छन् ।

तरपनि सरोकारवाला आपुर्ति मन्त्रालय भने मौन बसेको छ । मन्त्रालयले हालसम्म कुनै छानिव समिति समेत बनाउन सकेको छैन ।

Comment Here!

सम्बन्धित