Latest

जापानमा पनि चल्ने भयो प्रेमगीत २ , राईको स्टोरी कन्सेप्टमा बन्यो प्यारोडी ( भिडियो सहित )

Public Date:-2017-08-07

कृष्णहरि खड्का , टोकियो ।

यहि अगष्ट १२ तारिक का दिन नेपालमा अहिले चर्चाको शिखरमा रहेको नेपाली फिल्म प्रेम गित २ जापानमा पनि चल्ने भएको छ।

जापानको पहिलो नेपाली अनलाईन टेलिभिजन नमस्ते टोकियो टि।भि। युनिटले उक्त फिल्म जापानमा चलाउन लागेको हो। नमस्ते टोकियो टि। भि। ले पहिले अन्य सस्थाहरु संग सहकार्य गरेर कार्यक्रम गरेको भएतापनि यो पटक भने नमस्ते युनिट एक्लैले कार्यक्रम गर्न लागेको जानाकारी दिएको छ।


कार्यक्रम लाई सफल बनाउन नमस्ते युनिटले प्रमोसनल प्यारोडि भिडियो समेत निर्माण गरेको छ।
जापानमा प्यारोडी भिडियो बनाएर चर्चामा रहेका राजन राईको स्टोरी कन्सेप्टमा प्रेम गित २ को प्यारोडी बनाईएको छ।

पहिले भन्दा यसपटक प्रमोसनल भिडियो निर्माणमा निकै मिहेनत गरिएको राईले जानाकारी दिए। जापानको तोचिकि केन , चिबा केन र टोकियोका बिभिन्न रमणिय ठाउहरुलाइ भिडियोमा समाबेस गरिएको निर्देशक तथा क्यामरा म्यान रोसन कार्कीले बताए।

प्यारोडिमा राजन राई , शिबराज भट्टराई , सोना केसी , प्रेम मगर लगाएत नमस्ते टोकियो युनिटको अभिनय देख्न सकिन्छ। प्रेम गित २ यहि अगस्ट महिनाको १२ तारिक शनिवारका दिन जापानको नाकानो स्थीत नाकानो जिरो हलमा जापानी समय अनुसार बेलुकी ५स्३० बजेबाट चल्दैछ भने टिकटको मुल्य जापानिज एेन २५०० रहेको छ।

नेपालमा फिल्मले पाएको सफलता संगै जापानमा पनि टिकटको मागमा बढेको र फिल्म हाउसफुल हुने नमस्ते युनिटले जीनाकारी दिएको छ।

Comment Here!

सम्बन्धित