Latest

ललितपुरको कुसुन्तीमा लागुऔषध कारोवारी र प्रहरीविच गोली हानाहान

Public Date:-2017-08-07

काठमाडौं— लागुऔषध कारोवारी र प्रहरी विच ललितपुरको कुसुन्तीमा गोली हानाहान भएको छ । उक्त झडपमा लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीको ज्यान गएको छ ।

लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले निजको साथबाट दुई वटा पेस्तोल समेत बरामद गरेको छ । प्रहरीका अनुसार प्रहरीको गोली लाग्यो कि उनी आफैंले गोली हाने थाहा छैन । प्रहरी टोलीले उनलाई विहानैबाटै पिछा गरेको थियो । प्रहरी टोलीबारे सूचना पाएपछि घरको पछाडिबाट हामफालेका खत्री भाग्ने प्रयास गरेका थिए ।

प्रहरीले पिछा गर्दै जाँदा उनले फायर खोलेको र आफूहरुले जवाफी कारबाही गरेको प्रहरीले बताएको छ । गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन् । एसएसपी अमात्यसहितको प्रहरी टोली अहिले पनि कुसुन्ती १३ स्थित अरुणिमा बस्तीमा छ ।

Comment Here!

सम्बन्धित