Latest

आज २० जिल्लामा सार्वजनिक विदा

Public Date:-2017-08-07

काठमाडौं – आज सोमबार श्रावण शुक्ल पूर्णिमा । तराई क्षेत्रका विभिन्न २० जिल्लामा रक्षाबन्धन पर्वका लागि सरकारले सार्वजनिक विदा दिएको छ ।

सोमबार चन्द्रग्रहण लाग्ने हुँदा प्राय क्षेत्रमा नाग पञ्चमीकै दिन रक्षाबन्धन मनाइएको थियो । सोमबार अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन रक्षाबनधन मनाइएको हो । यसअघि विसं १९६३ र ०८२ तथा ०२८ र ०४७ सालमा पनि नागपञ्चमीका दिन रक्षाबन्धन पर्व मनाइएको थियो । तराई क्षेत्रका केही जिल्लामा भने सोमबार नै रक्षाबन्धन मनाउन लागिएको छ ।

सोमबार राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभएको छ । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो । एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ ।

कुन कुन जिल्लामा आज विदा ?
झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुर ।

Comment Here!

सम्बन्धित