Latest

विश्‍वकै अग्लो सर्वोच्च शिखर सगरमाथा सम्बन्धि १० रोचक तथ्य हरु :

Public Date:-2017-08-06

यस्तो छ विश्‍वकै अग्लो सर्वोच्च शिखर सगरमाथा सम्बन्धि १० रोचक तथ्य हरु :

१ –  सन् १९५४ मा भएको भूमिमापनअनुसार सगरमाथा आठ हजार आठ सय ४८ मिटर अग्लो छ। यसैलाई आधिकारिक रूपमा लिइएको छ ।  सन् १९९९ मा गरिएको भूउपग्रहीय मापनले सगरमाथालाई करिब दुई मिटर अग्लो बताए पनि त्यो विवादित भयो ।

२ – सगरमाथाको चुचुरो जेट विमान उड्ने सबैभन्दा उचाइ (९४४८.८ मिटर) भन्दा केही तलमात्र पर्छ ।

३ – सगरमाथाको चुचुरोमा मानिसले सामान्य लिने अक्सिजनको एक तिहाइमात्र लिन्छ । हावामा अक्सिजन नभएर होइन हावाको चाप कम  हुने भएकाले ।

४ – सन् १९६९ यता सगरमाथा आरोहणमा सन् १९७७ मा बाहेक बर्सेनि कम्तीमा एक जनाको मृत्यु हुनेको गरेको छ ।

५ – हिमालमा हावाको वेग दुई सय माइल प्रति घण्टा भन्दा बढीसम्म मापन गरिएको छ ।

६ – हरेक १० सफल आरोहणमा एकको मृत्यु हुन्छ ।

७ – हिमालमा झन्डै दुई सय मृत शरीर छन् जसलाई आरोहीहरूले दिशासूचकको रूपमा प्रयोग गर्छन ।

८ – रेनहोल्ड मेस्नर सगरमाथामा एक्लै र बिनाअक्सिजन आरोहण गर्ने पहिलो आरोही हुन । उनले सन् १९८० मा आरोहण गरेका थिए ।

९ – अहिलेसम्म सगरमाथा आरोहण गर्ने वृद्ध आरोही जापानका युचिरो मिउरा हुन । उनले ८० वर्षको उमेरमा आरोहण गरेका थिए । उनले सन्  २०१३ मे २३ मा शिखर चुमेका थिए । त्यसभन्दा पहिला नेपालका ७६ वर्षीय मीनबहादुर शेरचनले आरोहण गरेका थिए ।

१० – आप्पा शेर्पा र फुर्बा टासी अहिलेसम्म सबैभन्दा बढीपटक सगरमाथाको शिखर चुम्ने आरोही हुन । यो जोडीले अहिलेसम्म २१ पटक  सगरमाथा शिखर चुमिसकेको छ । फुर्बा सन् २००७ मा तीन पटक चुचुरोमा एक्लै पुगेका थिए । आप्पाले सन् १९९० देखि २०११ सम्म  लगभग हरेक वर्ष आरोहण गरे। आप्पा विश्वव्यापी तापक्रमको सगरमाथामा परेको असर प्रत्यक्ष देख्ने आरोही पनि हुन ।

Comment Here!

सम्बन्धित