Latest

रेयुकाई आँखा अस्पताल अवलोकन गर्न पाएकोमाअष्ट्रलियन राजदुत द्वारा खुशी बेक्त

२ लाख विरामीलाई ओपीडी सेवा, पाँच हजारको मोतीविन्दुको शल्याक्रिया

Public Date:-2017-08-04

कविराज ढकाल

काभ्रे— अष्ट्रलियन राजदुत पिटर वडले काभ्रेको बनेपा वडा नं. ६ बुडोलमा रहेको रेयुकाई एइको मासुनागा आँखा अस्पताल अवलोकन गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

अष्ट्रेलियन संस्थाको सहयोगमा अत्याधुनिक प्रविधिबाट उपचार गर्ने उपकरण सहित गरेको सहयोगको सहि सदुपयोगका कारण सुविधासम्पन्न बनेको अस्पताल देख्न पाउँदा खुशी लागेको बताउँदै वडले आफुलाई स्वाग गरेकोमा धन्यवाद दिए ।

पूर्वी नेपालको भ्रमणका शिलशिलामा आफुले कल्पना समेत नगरको ठाउँ देख्न पाएको बताउँदै वडले एउटा सानो क्लिनिकबाट यत्रो ठुलो अस्पताल बन्नु उपलब्धीमुलक भएको भन्दै अस्पतालको प्रशंसा गरेका थिए । अष्ट्रलियाले यसरी उपलब्धीमुलक कार्यमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आउँदा दिनहरूमा निरन्तर सहयोग गर्न ईच्छुक रहेको बताए ।

बिहीबार अस्पतालका अध्यक्ष मधुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमबारे जानकारी गराउँदै सचिव हिरामणि शर्माले अन्धोपन निवारणमा सानो मात्र पहल थालेको संस्था आज आज यो अवस्थामा आइपुगेको बताए ।

शर्माले विस्तारै सेवा सुविधाहरू बढाउँदै लैजाने र आठ जिल्लामा फैलिने अनुमति पाएकाले विभिन्न जिल्लामा सेवा विस्तार गर्दै जाने पनि बताए । हाल सिन्धुपाल्चोकको खाडीचौरमा सेटेलाईट प्रविधिबाट उपचार सेवा सुरु गरिएको र चाँडैनै अन्य ठाउँमा त्यस्ता सेवा विस्तार गरिने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले अस्पतालले गरेको प्रगति तारिफ गरेर साध्य नभएको बताए । आफु काभ्रे आएको लामो समयमा पहिलो पटक अस्पतालमा पुगेको बताउँदै अस्पतालले निरन्तर गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

सिम्खडाले सबै मिलेर अस्पतालको संरक्षण र विकासमा सहयोग गर्नुपर्नेमा जोड दिँदै गुणस्तरिय सेवा प्रवाहमा आफुले सकेको सहयोग गर्ने बताए । सहयोगी सबैलाई सरकारका तर्फबाट धन्यवाद दिँदै सरकार भन्दै सामाजिक संस्था सेवा प्रवाहमा निकै अगाडी रहेको बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै टिचिङ अस्पतालका कारयकारी निर्देशकले सरकारी संस्थाले आर्थिक रूपमा सहयोग गर्न नसकेपनि टिचिङ अस्पतालका तर्फबाट प्रविधि तथा अन्य भौतिक सहयोग गर्न कहिल्यै पछि नपर्ने बताए ।

अस्पतालका सल्लाहकार अशोक कुमार श्रेष्ठले निकट भविष्यमै रोटरी अष्ट्रेलिया वल्ड कम्युनिटि सर्भिसको सहयोमा तालिमकेन्द्र निर्माण गरि चश्मको पावर उत्पादन गर्ने जानकारी गराउँदै सहयोगीहरू सबैलाई धन्यवाद दिएका थिए । नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश प्रशाद न्यौपानेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा अस्पतालको गतिविधिबारे मेडिकल डाइरेक्टर इरिना कंसाकारले प्रष्ट्याएकी थिइन् ।

कंसाकारले केही वर्ष अघि काभ्रेको बनेपामा एउटा सानो क्लिनिकको रूपमा स्थापना भएको रेयुकाई एइको मासुनागा आँखा अस्पतालेले हाल सम्म २ लाख विरामीको उपचार गरेको बताइन् । कंसाकारले अस्पतालले बनेपाको पुरानो बजार माथि एउटा सानो क्लिनिक जस्तो अवस्थामा सुरुवात भएदेखी आफ्नै सुविधासम्पन्न भवन निर्माण गरी हालको अवस्थामा आइपुग्दा हालसम्म ५ हजार मोतिविन्दुको सफल अप्रेसन गरिएको बताएकी हुन् ।

हाल अस्पतालमा अत्याधुनिक फेको प्रविधिबाट शल्याक्रियापछि पट्टी लगाउन समेत नपर्ने गरी र एउटा सुइको पनि प्रयोग नगरी उपचार गर्ने प्रविधिको प्रयोग गरिएको र यो प्रविधिले उपचार गर्दा विरामीलाई पनि गाह्रो नहुने बताइन् ।

अस्पतालका डाक्टर रविन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रमको समापन गर्दै अध्यक्ष आचार्यले अष्ट्र्लिया (महादेश अफ कङ्गारु) विविधताकाको महादेश भएको इतिहास विगतमा पढेको स्मरण गर्दै सिङ्गो अष्ट्रेलिया प्रति आभार व्यक्त गरे ।

उनले दुरीका हिसावले टाढा भएपनि सहयोगका हिसावले नजिक रहेको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । बिस्तारै सेवा र सुविधा विस्तार गर्दै जाने बताउँदै निस्वार्थ सेवा गर्ने प्रति धन्यवाद दिए ।

Comment Here!

सम्बन्धित