Latest

कक्षा १२ को विज्ञान विषयको परीक्षाफल प्रकाशन आज

Public Date:-2017-08-04

काठमाडौं – गत बैशाखमा सम्पन्न भएको कक्षा १२ को परीक्षाफल शुक्रबार आज प्रकाशन हुने भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान विषयको परीक्षाफल प्रकाशन गर्न लागेको हो ।

शुक्रबार १० बजे नतिजा प्रकाशनका लागि बोर्ड वैठक बोलाइएको र वैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ । विज्ञान विषयमा मुलुकभरबाट करीव ५० हजार परीक्षार्थी सहभागी थिए ।

स्नातह तहमा मेडिकल, इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्न चाहने विद्यार्थीको प्रवेश परीक्षा छिटो हुने हुनाले विज्ञान विषयको मात्र छिटो नतिजा प्रकाशन गर्न लागिएको हो ।

Comment Here!

सम्बन्धित