Latest

गद्दाफी तानाशाह थिए कि अफ्रिकी मुक्तिदाता ?

Public Date:-2017-08-03

एजेन्सी ।

अमेरिका(नाटोबाट विनाश भएको लिविया राष्ट्र कुनै समय समुन्नति र सफलताको नजिक थियो । स्वास्थ्य, शिक्षा, आवास, अर्थ, गाँसबाँसको व्यवस्था र सिंगो अफ्रिकी मुलुकलाई नै सशक्तिकरण गर्न जुटेको लिविया आज हिंसा, आतंक जस्ता संक्रमणकालबाट गुज्रिहरेको छ । त्यसको पछि धेरै कारणहरु छन् जसमध्ये पश्चिमी मुलुकले उभ्याईदिएको एउटा कारण हो त्यहाँका कुनैसमयका राष्ट्रप्रमुख कर्णेल गद्दाफी ।

तपाई जब कर्णेल गद्दाफीको नाम सुन्नहुन्छ, उनको व्यक्तित्वबारे के सोच्नुहुन्छ रु एक तानाशाह रु एक आतंकवादी रु क्रुर शासक रु तर, कर्णेल गद्दाफीको व्यक्तित्व र उनको लक्ष्यबारे केही धारणा बनाउनुपूर्व ग्लोबल रिसर्चले २०१४ नोभेम्वरमा प्रकाशित गरेको एउटा लेख पढ्नुपर्ने हुन्छ । उक्त सामग्रीमा २०११ अक्टोबर अथवा आफ्नो मृत्युकालसम्म कर्णेल गद्दाफीले आफ्नो राष्ट्रको निम्ति र सम्पूर्ण अफ्रिकालाई बारम्बार एकीकरण र सशक्तीकरण गर्न केही त्यस्ता आश्चर्यजनक असल कार्य गरेका छन् ती कुरा थाहा पाए हामी केही हदसम्म उनको छविको निष्पक्ष मुल्याङ्कन गर्न सक्छौं ।

गद्दाफीले आफ्नो ग्रिन बुकमा दुवै मानिस र परिवारको लागि घर आधारभूत आवश्यकता भएको कुरा उल्लेख गर्दै त्यसलाई अरुले खोस्न नहुने र त्यो प्राकृतिक अधिकार भएको बताएका थिए । उनको उक्त पुस्तक औपचारिक नेतृत्वको राजनीतिक दर्शन हो जुन १९७५ मा प्रकाशित भएको थियो । उक्त पुस्तकलाई सम्पूर्ण लिवियाली नागरिकको पहुँचमा पुर्‍याउन राष्ट्रिय पाठ्यक्रममा राखिएको छ ।

गद्दाफीको नेतृत्वमा लिवियाले मध्यपर्वी क्षेत्र तथा अफ्रिकामा सर्वोत्कृष्ट स्वाथ्य उपचार सेवा प्रदायक राष्ट्रको चिनारी बनाउँदै थियो भने लिवियाली नागरिकले चाहेको शैक्षिक स्तर र असल स्वाथ्य उपचार पाउन नसकेको खण्डमा उनीहरुलाई विदेश पठाउन पनि गद्दाफी नेतृत्वले कोषको स्थापना गरेको थियो ।

त्यस्तै लिवियाका सम्पूर्ण क्षेत्रभरी सिचाई सुविधा पुर्‍याउन विशाल मानवनिर्मित नदी भनिने विश्वकै सबैभन्दा ठूलो सिचाईं प्रणालीको डिजाइन गरेका थिए जसमा उनको सरकारले कोषको व्यवस्था गरेको थियो । गद्दाफी उक्त परियोजनालाई विश्वको आठौं आश्चर्य भन्ने गर्थे ।

उनको कार्यकालमा यदि कोहि लिवियाली नागरिकले खेति किसानी गर्न चाहेमा उनीहरुलाई घर, खेतीयोग्य जमिन, पशुचौपाय र निःशुल्क बिउबेर्ना उपलव्ध गराउने व्यवस्था गरिएको थियो ।

प्रत्येक लिवियाली गर्भवती आमा र उसको सन्तानको स्याहार(सुसार र सुरक्षित गर्वधारणको निम्ति ५ हजार अमेरिकी डलरको धनराशि उपहारस्वरुप उपलब्ध गराइन्थ्यो ।

उनको कार्यकालमा लिवियामा पूर्णरुपमा विद्युतिय सुविधा निशुल्क बनाइएको थियो । त्यसताका लिवियामा विद्युत खपत गरेबापत कौडी पनि नागरिकले तिर्नु पर्दैन थियो भने त्यसै समय पेट्रोलको मूल्य सबैभन्दा कम ०।१४ अमेरिकी डलर प्रति लिटर थियो ।

गद्दाफीको कार्यकालपूर्व लिवियामा साक्षरता मात्र २५ प्रतिशत थियो भने उनले त्यसलाई ८७ प्रतिशतमा वृद्धि गर्नुको साथै विश्वविद्यालय डिग्रीमा २५ प्रतिशत पुर्‍याएका थिए ।

लिवियाको आफ्नै स्टेट बैंकको व्यवस्था पनि उनले गरेका थिए । त्यसमा लिवियाले आफ्ना नागरिकलाई शुन्य प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गर्थ्यो । त्यसताका लिवियाको कुनै बाहिय ऋण थिएन ।

उनको मृत्यु र त्रिपोलीको बर्बादिपूर्व, गद्दाफीले सुनको एउटै मात्र अफ्रिकी मुद्रा प्रचलनमा ल्याउन प्रयास गरिरहेका थिए । पहिलोपटक संयुक्त राज्य अफ्रिका शब्द प्रचलनमा ल्याउने मरकस गार्भेको पथचिन्हलाई पछ्याउँदै उनले अफ्रिका भित्रमात्र व्यापार प्रवर्द्धन गर्न अफ्रिकी स्वर्ण डिनरको विकास गर्न चाहेका थिए । उक्त कदमले विश्व अर्थतन्त्रलाई बर्बाद बनाउने सम्भावना थियो । त्यस डिनरलाई आजका धनी वर्गको समाजले व्यापक विरोध गरेका थिए ।

यदि उक्त डिनरको योजना सफल भएको खण्डमा सम्पूर्ण अफ्रिकी राष्ट्रहरुलाई ऋण र गरिबिबाट बाहिर आउन शक्ति मिल्ने थियो र महंगो बस्तुहरुको व्यापार गर्न सक्दथे । उनीहरु बाहिय शोषणलाई नकार्न सक्थे । उक्त स्वर्ण मुद्रा नै नाटोले विदोह गर्नुको मुख्य कारण रहेको पनि भन्ने गरिन्छ ।

यि सबैबाट केही कमै व्याक्तिले मात्र निष्पक्षरुपमा गद्दाफीको छविबारे आफ्नो विचार बनाउन सक्छन् । रेडियो, टेलिभिजन, र संचार माध्यममा जे सुनेपनि गद्दाफीले गरेका ति कार्यहरुले उनलाई पश्चिमी मुलुकले चित्रण गरेको जस्तै भयानक तानाशाहको रुपमा प्रस्तुत गर्दैन । यो स्पष्ट छ कि गद्दाफीले आफ्नो नामको पछि केही कुख्याती कमाएपनि उनले आफ्नो राष्ट्र र सिंगो अफ्रिकाको हितको लागि केही आश्चार्य कार्य गरेका थिए जसको प्रत्यक्ष साँक्षी उनकै शासनकालमा बाँचेका लिवियाली जनाता रहेका छन् ।

Comment Here!

सम्बन्धित