Latest

सोनाक्षी सिन्हा बनिन् बाबा रामदेवको पार्टनर

Public Date:-2017-08-03

मुम्बइ – बाबा रामदेव र सोनाक्षी सिन्हालाई ‘पार्टनर’ बनाएर एउटै काम बाँडेर गर्न दिइयो भने के होला ? एकजना योगगुरु र अर्की हिरोइन, कसरी मिल्ला यिनीहरुको जोडी ?

यी प्रश्नको उत्तर छिट्टै पाइनेछ । एक भारतीय टेलिभिजनले यी दुईलाई एउटा काममा पार्टनर बनाउने भएको छ ।

छिट्टै एउटा नयाँ रियालिटी शो सुरु हुँदैछ । यो शोमा जजको कुर्सीमा बाबा रामदेवसँगै सोनाक्षी सिन्हा जज हुनेछन् । यो गायनको रियालिटी शो हो तर यहाँ प्रतियोगीहरुले भजन मात्र गाउनुपर्नेछ ।

नयाँ रियालिटी शोबारे इण्डियन एक्सप्रेसले जानकारी दिएको हो । यो शोमा शेखर रविजानी र कनिका कपुर पनि जज हुनेछन् । शोको नाम ओम शान्तिओम राखिएको छ ।

शाहरुख खानसँग मात्र होइन यो शोको कनेक्सन अमिर खानसँग पनि जोडिनेछ । फिल्म दंगलमा अमिर खानको भतिजाको रुपमा देखिएका अपार शक्ति शोको होस्ट हुने बतायएको छ ।

यो रियालिटी शो लाइफ ओके च्यानलमा प्रसारण हुनेछ । यो शोको ओपनिङको लागि रणवीर सिंहलाई विशेष अतिथिको रुपमा बोलाइने बताइएको छ ।

Comment Here!

सम्बन्धित