Latest

प्रहरीद्वारा बनेपा गोदाम चोकबाट कलवाइपास गर्ने गिरोह पक्राउ

Public Date:-2017-08-01

काभ्रे— काभ्रेको बनेपामा अवैध रूपमा कल वाइपास गराउने गिरोहलाई प्रहरीले बनेपाको गोदामचो नियन्त्रणमा लिइ सार्वजनिक गरेको छ ।


विशेष सूचनाका आधारमा केन्द्रिय अनुसन्धान ब्युरो र ई.प्र .का . बनेपाको संघयुक्त टोलिले घर कोठा खानतासी गर्दा कल वाइपासमा प्रयोग हुने विभिन्न उपकरणसहित कल वाइपास गराउने टोलीलाई समेत नियन्त्रणमा लिएको थियो ।

बनेपा न.पा.वडा ७ गोदाम चोकमा रहेको चन्द्र माया लामाको घरमा डेरा गरि बस्ने केशव राज पौडेल समेतले अबैध कल वाईपास गरेको भन्ने खबर प्राप्त भाए पश्चात् प्रहरीले खान्तलासी गरेको थियो । प्रहरीले प्रतिवादिहरुलाई पक्राउ गरिएको र अनुसन्धान कार्य जारी रहेको जानकारी समेत गराएको छ ।


जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसर पक्राउ पर्नेहरूमा म्याग्दी जिल्ला मंगला गाउँ पालिका वडा न २ बाबिया चौर बस्ने चक्रपाणि पौडेलको छोरा बर्ष २९ को केशब राज पौडेल, का.प.जि.रोशी गा.पा.वडा न ३ शिखर अम्बोटे बस्ने इन्द्र बहादुर लामाको छोरा बर्ष २२ को विकाश लामा, ऐ.ऐ. वडा न ८ सिपाली चिलाउने बस्ने सोम प्रसादको छोरा वर्ष ३२ को बिनोद कुमार मैनाली, ऐ. चौरी देउराली गा.पा.वडा न ४ बस्ने चिनिया लामाको छोरा बर्ष २४ को सुजन तामाङ र दोलखा जिल्ला फस्कु गा.पा.वडा न ८ रातमाटे बस्ने मोहन बहादुरको छोरा बर्ष २४ को अबि थापा रहेका छन् ।

समेत ५ जना पक्राउ परेको सो मध्ये बिनोद कुमार मैनालिलाइ २०७०।६।१४ गते जि.प्र.का. काभ्रेबाट मुद्दा चलाइ ३ बर्ष कैद भुक्तान समेत भै सकेको उत्त घटनामा भारतिय नागरिकहरुको पनि सङ्लग्नता रहेको आशका भएकोे । आज जिल्ला प्रहरी कार्यलयमा पत्रकार सम्मेलन गरि जानकारी गरिएको छ । प्रहरीले उक्त कार्यमा भारतीय नागरिकहरुको पनि संलग्नता रहेको भनि प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताएको छ ।

Comment Here!

सम्बन्धित