Latest

न्यायाधीशलाई महाअभियोग लगाउन सभामुख समक्ष निवेदन : अस्थायी शिक्षक

Public Date:-2017-07-30

काठमाडौं – आन्दोलनरत अस्थायी शिक्षकहरुले तथ्य लुकाएको तथा विपक्षीको प्रमाणमा मात्रै आदेश बनाएर अन्तरिक आदेश दिएको भन्दै न्यायाधीश माथि महाअभियोग लगाउन सभामुख समक्ष निवेदन दर्ता गराएका छन् ।


राजधानीमा एक कार्यक्रम गर्दैै पाँच जना अस्थायी शिक्षकहरुले व्यवस्थापिका संसदमा पुगेर सभामुख समक्ष निवेदन दर्ता गराएको जानकारी दिए ।


निवेदन दिनेमा जनप्रभात मावि कालीमाटीका शिक्षक शरदकुमार मिश्र, शमीभञ्ज्याङ मावि धादिङका शिक्षक बसन्तकुमार श्रेष्ठ, पशुपतिमित्र मावि चावहिल काठमाडौंकी शिक्षक प्रार्थना खनाल, सिर्जनशील जनता मावि काभ्र्रेका शिक्षक डम्मरबहादुर लामा, चामुण्डा मावि जोरपाटीका प्रअ यादवप्रसाद पौडेल, चक्रेश्वर मावि काभ्रेका शिक्षक हरिप्रसाद घिमिरे र सोही विद्यालयका युवराज दहाल छन् ।


तालिम नलिएका, शिक्षक लाइसेन्स नभएका तथा शिक्षा विषय नपढेका, लियन (राख्ने र बस्ने), स्थायी र अस्थायीबाट विस्थापित भएका र अस्थायीमध्ये ५१ प्रतिशत शिक्षकको खाइपाई आएको रोजगारी खोस्ने बदनियत राखी शिक्षक सेवा आयोगले २०६१ मा भएको विज्ञापन नै लुकाएर पठाएको पत्रका अधारमा अन्तरिम आदेश नदिने न्यायाधीश तथा एउटा विज्ञापन नै लुकाइ पत्र लेख्ने आयोगका अध्यक्ष लगायतका कर्मचारीहरुलाई विभागिय कारबाही गर्न माग गर्दै निवेदन दिएका हुन् ।


शिक्षक सेवा आयोगले आयोग नियमावली २०५७ को तेस्रो संशोधन २०६०÷१२÷१६ पछि पहिलो विज्ञापन २०६९, दोस्रो २०७१, तेस्रो २०७२ र २०७३ चैत्र २३ के विज्ञापन चौथो भएको व्यहोराको पत्र गत असार ४ गते च.नं. १३०५ बाट लेखेको र सो पत्र बहसको क्रममा सरकारी वकिलबाट पेश भएको व्यहोरा सर्वोच्चको पूर्ण इजलाशको आदेशमा उल्लेख भएको र सोही आधारमा पीडित अस्थायी शिक्षकलाई अन्तरिम आदेश नदिइएको निवेदनमा दाबी गरिएको छ ।


“एउटा विज्ञपनको व्यहोरा नै लुकाइ सवै योग्य नागरिक उम्मेदवार हुन पाउने गरी खोलिएका २०६९, २०७० र २०७१ को विज्ञापनसँग अस्थायी शिक्षक मात्रै उम्मेदवार बन्न पाउने गरी खोलिएको विज्ञापनलाई जोडी चौंथो विज्ञापन भन्दै अन्तरिम आदेश नदिने न्यायाधीशलाई कार्यक्षमताको अभावमा महाअभियोगको प्रक्रिया अगाडि बढाइ पाउँ ।” निवेदनमा भनिएको छ ।


कार्यक्रममा अधिवक्ता कोषराज काफ्लेले एउटा विज्ञापन भएको विषय नै लुकाएर बदनियतपूर्वक आदेश नदिएकाले नै न्यायाधीशहरुमाथि महाअभियोग लगाउन समामुख समक्ष आग्रह गरिएको जानकारी दिए ।

Comment Here!

सम्बन्धित