Latest

ट्रयाक्टर दुर्घटना हुदाँ एक ज्यान गयो ७ घाईते २ को अवस्था चिन्ताजनक

Public Date:-2017-07-30

एकेन्द्र महता .अछाम

साँफेकगर अछाम – अछामको साँफेबगरमा ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । ट्रयाक्टर शनिबार साँफेबगर नगरपालिका ८ को मटेनामा दुर्घटना भएको हो ।


दुर्घटना हँुदा गाडी चालक बल बहादुर ठकुल्लाको ज्यान गएको छ । यस्तै दुर्घटनामा ७ जना घाईते भएका छन् । घाईते हुनेमा साँफेबगर ८ का १७ बर्षिया नारायण कुवँरको पाखुरामा भाचिँएको र ३२ बर्षिया फिरज मियाँको बायाँ काँधमा चोट लाग्दा गम्भिर घाईते भएका छन् ।


अन्य घाईते हुनेमा सोही ठाँउका ६८ बर्षिया लता कुँवर, १७ बर्षिया भुपेन्द्र कुवर, ६४ बर्षिया बज्जिर सिं बोहरा १७ बर्षिया धिरज कुवर र १२ बर्षिया प्रविण विक रहेका छन् ।


घाईते सबैको बडेलगठा अस्पतामा उपचार भैरहेको छ । कच्ची सडक र बर्षायाममा परेको पानीका कारण ट्रयाक्तर दुर्घटना भयको हुन सक्ने प्रहरीले जनायको छ ।

Comment Here!

सम्बन्धित