Latest

काभ्रे घटना अपडेट : श्रीमन श्रीमतीले गरे पासो लगाएर आत्महत्या

Public Date:-2017-07-27

काभ्रे— धुलिखेल नगरपालिका वडा नं। ८ वडालगाउँमा दुई जनाले घाँटीमा पासो लगाएर आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा अन्दाजी ३०–३२ वर्षका स्थानीय सोमप्रसाद वडाल (भैरव) र उनकी कान्छी श्रीमती करिव १८ वर्षकी मनिषा दाहाल रहेका छन् ।


करिव दुई महिना अघिमात्र वडालले दोस्रो बिहे गरेको हल्ला चलेको भएपनि दुई हप्ता अघि मात्र घर लगेको स्थानीयले जानकारी दिए ।

जेठी श्रीमती सितामाया बडालले प्रहरीमा उजुरी गरेपछि बुधबार जिल्ला प्रहरी कार्यालयमा जेठी श्रमितीका छोरालाई सबै सम्पत्ती दिने र आफुहरूलाई केही नचाहिने भन्दै उनले सहमती गरेका थिए ।


पेशाले चालक रहेका वडाल प्रहरी कार्यालयमा सहमती गरेर घर गएका थिए । साँझ घरबाट कान्छी श्रमितीसँगै निस्केका उनिहरू घर नजिकैको जंगलमा एउटै शलले पासो लगाएर मृत भएको अवस्थामा अहिले साँझ करिव पाँच बजेतिर मात्र फेला परेका हुन् ।


स्थानीयका अनुसार प्राय बनेपा बस्ने बडाल कान्छी श्रीमती लिएर घरबाट हिँडेपछि बनेपा गएको सोचेर परिवार र गाउँलेले चासो नदिएको तर अहिले दुवै मृत अवस्थामा फेला परे ।

एउटै डोरीले पासो लगाईं दुईजनाले गरे आत्महत्या

Comment Here!

सम्बन्धित