Latest

नेपाली चलचित्र ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक ।

Public Date:-2017-07-27

नेपाली चलचित्र ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक भएको छ।

चर्चित गित ‘कुटुमा कुटु’ र ‘टल्क्यो जवानी’ले दर्शकको काैतुहलता चुल्याइसकेकोले ट्रेलरको पनि व्यग्र प्रतीक्षा थियो।

भाद्र २३ गतेलाई रिलिज मिति तय छ। बिहीवार राजधानीमा एक अाैपचारिक कार्यक्रम गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।
 
ट्रेलरमा नायक निश्चल बस्नेतको ‘सेल्फ पि’ वाला प्रशंगले निकै चर्चा पाउने भिडियोको तल आएका प्रारम्भिक प्रतिकृयाले देखाएको छ। एजिटु वान प्रोडक्शन प्राली र ब्ल्याक हर्स प्रालीले यो चलचित्र निर्माण गरेको हो।

Comment Here!

सम्बन्धित