Latest

घरायसी विवादमा श्रीमतिले खुर्पा प्रहार गरी गरिन श्रीमानको हत्या

Public Date:-2017-07-27

काभ्रे – पनौती नगरपालिका वडा नं. २ को ठाडेमा एक महिलाले खुर्पा प्रयोग गरी श्रीमानको हत्या गरीकी छन् ।
बिहीबार राती करिव १०ः३० बजे घरायसी विवादका कारण ३१ वर्षे श्रीमान सन्त बहादुर तामाङ्गलाई खुर्पाले हानेर हत्या गरेको खुलेको छ ।

घरायसी झगडाका कारण श्रीमतीले टाउकोमा खुर्पाले हान्दा लागेको चोटबाट अत्याधिक रगत बगेका कारण श्रीमानको मृत्यु भएको प्रहरीले जनाकारी दिएको हो ।


तामाङ्गलाई खुर्पाले हानेर हत्या गरेपछि श्रीमती लालुमाया भागेर माईत गएकी थिईन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार बुधबार श्रीमानको हत्या गरेर माईत भागेकी लालुमायालाई स्थानीयले बिहीबार बिहान नदेखेपछि उनको घरमा जाँदा श्रीमान मृत अवस्थामा भेटिएका थिए। त्यसपछि स्थानीयले घटनाका बारेमा प्रहरीलाई खवर गरेका थिए ।


प्रहरीले अनुसन्धान गर्ने क्रममा लालुमायालाई नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरीले माईतीघरबाटै नियन्त्रणमा लिएको हो। लालुमायाले घटना स्ववीकार गरेको र अत्यधिक रक्तश्रावका कारण तामाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comment Here!

सम्बन्धित