Latest

जापानका चर्चित स्थानीय ब्याण्ड संगै समर म्युजिक फेस्टिवल सम्पन्न। ( भिडियो सहित )

Public Date:-2017-07-26

कृष्णहरि खड्का ,टोकियो

जापान जापानको समर भ्याकेसनको अबसर पारेर आयोजना गरिएको Summer Music Festival 2017 भब्य र सभ्य रुपमा सम्पन्न भएको छ।

जापानका स्थानिय चर्चित ब्याण्डहरुको साथमा कार्यक्रम सम्पन्न भएको हो। लाखे ईन्टरटेन्मेन्ट ले आयोजना गरेको ऊक्त कार्यक्रमा उलेख्य रुपमा युबाहरुको सहभागिता रहेको थियो।

जापानको चर्चित युवा पुस्ता माझ चर्चित ब्याण्डहरु दिपेस BUDS BAND को साथमा SWASTIK र NEPSOUL BAND ले आ-आफ्नो प्रस्तुती दिए।

कार्यक्रम जापानको समय अनुसार बेलुकी ५:३० बजेबाट सुरुभएको थियो। कार्यक्रममा BUDS BAND ले I बिर्सन सक्दिन बिहानिको मिर्मिरेमा सम्झन्छु तिमिलाई , सेनसेई मलाई खान्जी सिकाइदेउन लगाएतका चर्चित गितहरु गाए भने SWIASTIK BAND ले गार्र्हो छ सालिक लगाएतका चर्चित गितहरु गाए भने NEPSOUL BAND ले लच्कीदैछु तिमीतिर, जोगले हुन्छ भेट , गाउगाउ बाट उठ लगायत चर्चित गितहरु गाए। जापानको समर भ्याकेसनको सुरु संगै आयोजना गरिएको कार्यक्रम मा स्थानिय ब्याण्डहरु संगै संगित प्रेमी दर्शकहरु रमाए।

कार्यक्रम सफल रुपमा सम्पन्न भएको आयोजकले जानाकारी दिएको छ। कार्यक्रमलाई पलपलको अनाईन डटकमले लाईभ गरेको थियो।

Comment Here!

सम्बन्धित