Latest

इनोभेटिभ श्रीदिवा अन्तरविद्यालय बास्केटबलको क्वाटरफाइनलमा

Public Date:-2017-07-26

काठमाडौं – ११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा इनोभेटिभको ब्वाइज र गल्र्स दुवै टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन्

मंगलबार हाडीगाउँस्थित आयोजक श्रीदिवा इन्टरनेसनल स्कुलको कोर्टमा ब्वाइजतर्फ इनोभेटिभले डाफोडिललाई ४०–२७ ले पराजित गर्यो । इनोभेटिभको जितमा आयुश खड्काले १७ अंक योगदान गरे । गल्र्समा ममता गुरुङको १७ अंक मद्दतले इनोभेटिभले विल्सन एकेडेमीलाई ४३–११ को फराकिलो अन्तरले हरायो ।

ब्वाइजमा विल्सन, नेपाल सेन्ट्रल र ओडिसी इन्टरनेसनल एकेडेमी पनि क्वाटरफाइनलमा पुगे । विल्सनले काठमाडौं जेभियरको चुनौती ४३–२८ ले पन्छायो । नेपाल सेन्ट्रलले माउन्ट कैलाशमाथि २९–२८ को कठिन जित दर्ता गर्यो । हिम्स विरुद्धको खेलमा ओडिसी ४७–४४ को साँघुरो अन्तरले विजयी भयो ।

गल्र्सको अर्को लिग खेलमा सेन्ट जेभियर्सले सिर्जनालयलाई १३–११ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गर्यो । सेन्ट जेभियर्सकी कृति श्रेष्ठले ८ स्कोर गरिन् ।

Comment Here!

सम्बन्धित