Latest

सर्वाधिक रुचाइएको भारतीय सिरीयल “कुमकुम भाग्य” माथि यसकारण भयो मुद्दा दायर

Public Date:-2017-07-25

सर्वाधिक रुचाइएको भारतीय टीभी सिरीयल ‘कुमकुम भाग्य’को कथाले लामो समयसम्म झुलाएपछि एक दर्शक वाक्क भएर सिरियल विरुद्द मुद्दा दायर गरेका छन्। जी टीभीमा सोमबारदेखि शुक्रबार नेपाली समय अनुसार राती सवा ९ बजे आउने सिरियल ३ वर्षदेखि टीआरपीमा १ नंबरमा छ।

तर ‘कुमकुम भाग्य’का एक दर्शकले यसको कथाको विरुद्द राष्ट्रिय उपभोक्ता गुनासो फोरममा मुद्दा दर्ता गराएका छन्। उनका अनुसार सीरियलमा कथामा वितेको २ वर्षसम्म अभिकी गर्लफ्रेन्ड तन्नुलाई गर्भवति नै देखाइएको थियो।

दर्शकले यो पनि गुनासो गरेका छन् की सिरियलको कथा ३ वर्षदेखि एउटै ट्र्याकमा गइरहेको छ।ती दर्शकले धेरै पहिला नै यस्तो गुनासो दर्ता गराएको बुझिएको छ।

किनकी बालाजी टेलिफिल्मले हालै यस सिरियलमा नयाँ मोड ल्याउँदै नयाँ कथाबाट सुरु गरेको छ। सिरियलको कथाकी मुख्य पात्र प्रज्ञाको मृत्यु भईसकेको छ भने अब उनी गाउँको एक केटीको रुपमा देखिएकी छन्। एजेन्सी

Comment Here!

सम्बन्धित