Latest

अन्तत: निर्माता सुनिल र नायिका श्यारोन बिचको बिबाद यसरी टुङ्गियो

Public Date:-2017-07-25

सुवास संकल्प, ईटहरी

यो साता सिने नगरीमा एक खबरले निकै ब्यापकता पायो । कुरा सबैमा अबगत नै छ, निर्माता सुनिल रावल माथि नायिका श्यारोन श्रेष्ठ ले लगाएको Sexual Harassment  अर्थात यौनिक उत्पीडनको लाल्छना  अहिले आएर यो कुराको समाधान भएको छ ।
चलचित्र सायद २ का निर्माता तथा नेपाल चलचित्र निर्माता संघका सदस्य समेत रहेका सुनिल रावल लाई केहि दिन अगाडि पत्रकार सम्मेलन गरेर सायद २ का नायिका श्यारोन श्रेष्ठले यस्तो आरोप लगाएकी थिइन्। मिडियाको लागि निकै राम्रो गसिप समेत बनेको थियो यो बिषय ।
धेरै बाट धेरै किसिमका कुराहरु बाहिर आए अब भने यो कुराले आजबाट बिट मारेको छ ।
आज यो बिषयमा दुवै पक्षको पारिवारिक सदस्यहरुको उपस्थिति, चलचित्र निर्माता संघका अध्यक्ष श्री आकाश अधिकारी र चलचित्र कलाकार संघका अध्यक्ष श्री राम केशर वोगटी लगायत सम्बन्धित पक्ष र चलचित्रकर्मीहरुको उपस्थितिमा कागजी प्रक्रिया पुरा गर्दै आगामी दिनमा दुवै पक्ष, सुनिल रावल र स्यारोन श्रेष्ठ बीच अर्काको व्यक्तिगत र व्यवसायिक जिवनलाई लिएर दुवै जनाको मानमर्दनमा आचआउने खालको अभिव्यक्ति नदिने र नगर्ने सहमति गर्दै कलाकार संघमा भएको छलफलबाट यो बिषयलाई आज टुंगो लगाईएको हो ।

Comment Here!

सम्बन्धित