Latest

कलाकारको सम्मान भन्दै बेईजत् कहिले सम्म ?

Public Date:-2017-07-24

सुवास संकल्प, ईटहरी

नेपालमा हुने अधिकांश अवार्डहरु गल्ति, कमीकमजोरी, पैशाको खेल संगै बिबादित हुने गरेको प्रमाण सबैको अगाडि छर्लंग छ ।फेरी पनि यस्तै भएको छ एउटा आवार्ड बितरण कार्यक्रममा ।
एउटा सानो गल्तीले पनि दिन रात नभनेर मेहनत गर्ने कलाकार तथा सर्जकलाई ठुलो असर पर्ने गर्छ। कुरा हो “५ औ राष्ट्रिय लोक दोहोरी अवार्ड” को अवार्ड बितरण समारोहको प्रियशी म्युजिकले निर्माण गरेको गीत “नलाउ झुटो पिरती” बाट मोडल आशा खड्का उत्कृष्ट ५ लोक दोहोरी मोडल भित्र परेकी थिइन् तर अवार्ड वितरण समारोहको बेला भने उत्कृष्ट ५ गीत बजाउने क्रममा “नलाउ झुटो पिरती” नबजाईएर “एउटा कुरा सोध्न मन थियो” गीत बजाईएको थियो ।
कुरा यातिमात्रमा सिमित रहेन, आयोजकको यस्तो लापरबाही देखिएको अवार्ड वितरण समारोहमा प्रियाशिकै गीतमा अर्को पनि गल्ति भेटियो  “नलाउ झुटो पिरती” उत्कृष्ट निर्देशकको नोमिनेशनमा पनि परेको थियो । नोमिनेसन लिस्ट प्रसारण गर्ने क्रममा उक्त गीतको निर्देशक “बबिता पुरी” भन्नु पर्नेमा “एकेन्द्र सारा संकर” भनेर उच्चारण गरिएको थियो ।
“कलाकारको सम्मान र हौसलाको लागि गरिने यस्तो अवार्ड बितरण कार्यक्रममै यस्तो लापरबाही हुन्छ भने कसरि कलाकारहरुलाई हौसाला मिल्छ ?” उक्त गीतकी निर्देशक बबिताको गुनासो छ । एकै कम्पनि भित्रको गीतमा यसरी लापरबाही भएको देखिदा कम्पनीले आयोजकको चित्त बुझाउन नसकेको होकी भन्ने सिधै आकलन गर्न सकिन्छ ।

Comment Here!

सम्बन्धित