Latest

वेथानचोकमा रहेको पार्वती उ मा वि बन्यो नमुना विद्यालय

Public Date:-2017-07-23

सिर्जना तिमल्सिना

बेथानचोक (काभ्रे) – बेथानचोक गाउँपालीका वडा नं. २ ढुंखर्कमा रहेको श्री पार्वती उच्च माध्यामिक विद्यालय काभ्रेको नमुना विद्यालयमा छनोट भएको छ ।


नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभाग अन्तरगतको सामुदायिक विद्यालय व्यवस्थापन शाखाले नमुना विद्यालय छनौट सम्बन्धमा जिल्ला शिक्षा कार्यालय काभ्रेलाई जारीगरेको पत्रअनुसार श्री पार्वती उच्च माविलाई नमुना विद्यालय विकास तथा सञ्चालन गर्नेगरी नमुना विद्यालय घोषणा गरेको छ ।

विद्यालयको भौतिक पुर्वाधार विद्यार्थी संख्या शैक्षिक गुणस्तर सृजनात्मक क्रियाकलाप आधुनिक कम्प्युटर ल्याव, कक्षा व्यवस्थापन लगाएत अन्य पक्षका आधारमा विद्यालय नमुना छनौट भएको हो ।

विद्यालयले हाल नेपाल सरकारको परिमार्जित शैक्षिक नितिलाई समेत अबलम्बन गरी माध्यामिक तह अन्र्तगत बाल विकास केन्द्र देखि कक्षा १२ सम्मको पठन पाठन गराइरहेको छ । भने २०६९ साल फागुन २२ गते देखि त्रिभुवन विश्वविद्यालयबाट अनुमति लिई स्नातक तहमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा अध्यन अध्यापन गराइरहेको छ ।


यस पटक नेपाल सरकारले पार्वती उच्च माध्यामिक विद्यालयलाई नमुना विद्यालयमा छनौट गरेर विद्यालयको तथा यस क्षेत्र र काभ्रे जिल्ला कै मनोवल वृद्धि गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले जानकारी दिए भने विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले भौतिक पुर्वाधार गुणस्तरिय शिक्षा लगाएत सबै क्षेत्रमा ध्यान दिएका कारण विद्यालय नमुना भएको बताए । उक्त विद्यालयले काभ्रे जिल्लाको शैक्षिक हबका रुपमा विकास गर्ने उद्देश्ययले विद्यालयको भौतिक पुर्वाधार पुस्तकालय, आधुनिक कम्प्युटर ल्याव, इन्टरनेट, वालमैत्रि कक्षा व्यवस्थापन, विद्यालय परिसरमा सरसफाई तथा शिक्षण शिकाई क्रियाकलापमा हरियाली वातावरण, आसिटि प्रयोगका साथै विज्ञान प्रयोग शालाहरुलाई आधुनिकरण गर्दै लगिएको शर्माले बताए

उनले विद्यालयलाई नमुना विद्यालय बनाउन सहयोग पु¥याउने शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय काभ्रे, विद्यालय संस्थापकहरु, जग्गा दाता, चन्दा दाताहरु, अक्षय कोष दाता, विद्यालय व्यवस्थापन समितिका हाल सम्मका सम्पुर्ण अध्यक्ष लगायत सदस्य, शि. अ. संघ. का हाल सम्मका सम्पूर्ण अध्यक्ष लगायत सदस्यहरु, पुर्व प्रधानाध्यापकहरु, श्रोत व्यक्तीहरु, साविक ढुंखर्क गा. वि.स, बेथाञ्चोक गाउँपालिका परिवार, स्थापनाकाल देखि हाल सम्म कार्यरत सम्पूर्ण शिक्षक शिक्षिकाहरु, राजनितिक दलका प्रतिनिधि हरु, जन निर्वाचित प्रतिनिधिहरु, शिक्षकका पेशागत संघसंगठनका प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिहरु, अभिभावकहरु, पत्रकारहरु, सुरक्षा निकाय, स्थापनाकाल देखि हाल सम्म अध्ययनरत सम्पुर्ण विद्यार्थीहरु, समाज सेवी, बुद्धिजीवी लगायत सम्पुर्ण सरोकारवालाहरु प्रती हार्दिक आभार व्यक्त गरेका छन् ।

Comment Here!

सम्बन्धित