Latest

अछामको साफेबगरमा ग्यास बोकेको ट्रक दुर्घटना

Public Date:-2017-07-22

एकेन्द्र महता .अछाम

अछाम अछामको साफेबगर नगरपालिका ४ मा माल बाहक ट्रक दुर्घटना भएको छ ।

साफेबगरको छिपेखोला नजिकै दुर्घटना भएको हो । साफेबगरको छिपेखोला स्थित आचर्य ट्रेडसकाे ग्यास सिलिन्डर बोकेको से १ ख १५०१ नम्बरको माल बाहक ट्रक आचर्य ट्रेडस अगाडि घुमाउन खोज्दा ब्रेक नलग्दा दुर्घटना भएको हो ।

ट्रक दुर्घटना हुँदा स्थानीय रोशन राईको घर भत्किएको छ ट्रक घरको छतमा खसेको थियो । दुर्घटनापछि जेसिबि प्रहरी र स्थानीय युवाहरुको सक्रियतामा ट्रक बाहिर निकालिएको थियो ।

दुर्घटनामा मानबिय क्षेती भने भएको छैन । करिब २ घन्टा सम्म सडक अबरुद्ध हुँदा साफे-मङगलसेन, अछाम बाजुरा तथा साफे डोटी, डडेलधुरा लगयतका ठाँउहरुमा जाने यात्रुहरुले सास्ती बेहोरेका थिए ।

 

Comment Here!

सम्बन्धित