Latest

काभ्रेमा हाेटल सञ्चालन गर्दै आएका एकै परिवारका चार सदस्यको रहस्यमय मृत्यु

Public Date:-2017-07-21

काभ्रे – बनेपा नगर पालिका वडा नम ८ (बसपार्क) मा गाैतम भाेजनाल सञ्चालन गरेर बसेका एकै परिवारका ४ जना मृत फेला परेका छन् ।

प्रहरीको नियमित गस्तिका क्रममा हाेटलकाे सटर बन्द रहेको तर सटरका तल्लो भागबाट फुटेको सिसा निस्केको देखेपछि प्रहरीले सटरकाे लक खाेलेर हेर्दा चार जान मृत अबस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक अनिल घिमिरेका अनुसार बसपार्कमा गौतम होटल सञ्चालन गर्दै आएका  ३२ वर्षिय राजाराम दाहाल  उनका ६५ वर्षिय बाबू हरिभक्त दाहाल आमा हरिमाया दाहाल र २५ वर्षिय बहिनी रञ्जना दाहाल मृत अवस्था फेला परेका हुन ।

मृतक हरु रहेको ठाँउवाट विष प्रयोग गरेको केहि खाली सिसिहरु भेटिएको इलाका प्रहरी प्रमुख घिमिरेले जानकारी दिए  । घटनाको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आफन्त हरुका अनुसार भने छोरीको बिबाहको विषयमा विवाद हुँदा उक्त  घटना घटेको हुन सक्ने आसंका रहेको बताई रहेका छन् ।

Comment Here!

सम्बन्धित