Latest

आइसीसी एसिया यु–१९ विश्वकप छनोटः नेपाल र सिंगापुर मैदानमा (लाईभ स्कोर)

Public Date:-2017-07-17

आइसीसी एसिया यु–१९ विश्वकप छनोट क्रिकेटमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन् । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।

नेपालले निकै किफायती बलिङ गरिरहेको छ । सिंगापुरले ४ रन बनाउँदा नै पहिलो विकेट गुमायो । नेपालका लागि किशोर महतोले विकेट लिएका हुन् ।

सोमबारदेखि नै सुरु भएको प्रतियोगिताको उद्घाटनमै नेपालले आयोजक सिंगापुरसंग खेलिरहेको हो ।

नेपाली टिम सन्दिप लामिछानेको कप्तानीमा मैदानमा छ । टिम प्रशिक्षक विनोदकुमार दास भने नेपालले जित्नेमा ढुक्क छन् ।

नेपाल, सिंगापुर, मलेसिया र अफगानिस्तानले एसिया यु–१९ खेलिरहेका हुन् । चार टोलीले दोहोरो लिग खेल्नेछन्  । समुहको शीर्ष टिम नै विश्वकपमा खेल्न पाउने छ ।

Comment Here!

सम्बन्धित