Latest

पशुमा भ्यागुते रोगको प्रकोप काभ्रेको बनेपामा रहेको एकै फार्मका ७ पशु मरे

Public Date:-2017-07-16

काभ्रे– काभ्रेको बनेपमा रहेको पशु फार्ममा भ्यागुत्ते रोगको संक्रमण हुँदा ६ वटा भैंसी र एउटा गाई गरी सात पशु मरेका छन् ।
गत असार २३ गते भ्यागुत्ते रोगका कारण प्रकाश तिमिल्सनाले सञ्चालन गरेको फर्ममा तीनओट भैंसी मरेका थिए । त्यसपछि २४ गते १ वटा र २६ गते २ वटा र २७ गते १ वटा पशुको मृत्यु भएको थियो । तिमल्सिनाका अनुसार फार्ममा अचानक देखिएको उक्त रोगका कारण एकै दिन उक्त फार्ममा ३ वटा पशुको मृत्यु भएको थियो । उक्त घटनामा तीनवटा पशुको विमा नगरिएको तिमल्सिनाको भनाई छ ।

फार्ममा भ्यागुत्ते रोग लागेपछि जिल्ला पशु सेवा कार्यालयको सक्रियतामा रोग नियन्त्रणमा लिइएको थियो । संक्रमण भएको फार्म र एक सय मिटर वरपरको क्षेत्रमा उक्त रोगको भ्याक्सिन दिन समेत नमिल्ने भएकाले सो फार्ममा एन्टिवायोटिक चलाएर रोग नियन्त्रणमा लिइएको थियो । पशु सेवा कार्यालय काभ्रेका प्राविधिकले उक्त फार्म आसपासका ठाउँमा किसानहरूले चाहेको ठाउँमा उक्त रोगको भ्याक्सिन लगाइएको थियो ।

जिल्ला पशु सेवा कार्यालयले रोग संक्रमण भएपछि उक्त र्फाममा रोग नियन्त्रण गर्न लागि परेको थियो । यस अघि पात्लेखेतको डाँडागाउँमा रहेको गौतमश्री काउ र्फाममा १४ वटा गाई मरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पशु सेवा कार्यालयका प्राविधिकले आवश्यक ठाउँमा भ्याक्सिन लागाउन आफुहरू तयार रहेको बताए ।

काभ्रे जिल्ला दुधमा आत्मनिर्भर जिल्ला भएको केही समय भएको छ । यहाँका किसानहरू प्रायः सबैले थोरै मात्रामा भएपनि पशुपालन गरी दुध उत्पादन गरेका छन् । दुध र खुवाको राम्रो सम्भावना बोकेको यो जिल्लामा पशु पालन व्यवसायमा चुनैति पनि उस्तै छ ।

पटक पटक यस्तै रोग तथा अन्य प्राकृतिक प्रकोपका कारण किसानहरू मारमा पर्दै आएका छन् । २०७२ सालमा गएको भुकम्पले थला परेका किसानहरू अझ सम्म तङ्ग्रिन सकेका छैनन् । केही ठूला फार्महरूमा पनि यसरी पटक पटक संक्रम लाग्ने गरेको छ । पछिल्ला समयमा विविन्न विमा कम्पनी र पशु विमा सहकारी संस्था समेत सञ्चालनमा आएका छन् । जिल्लाका धेरै जसो स्थानमा अझै पनि पशु विमा गर्ने प्रचलन छैन । जसका कारण भवितव्य परिहाले पनि किसान नै मर्कामा पर्ने गरेका छन् । अहिले सम्म जिल्ला पशु सेवा कार्यालयले क्षेतीपूर्ति दिने गरेको छैन ।

जिल्ला पशु सेवा कार्यालयले पछिल्ला समयमा किसानलाई विभिन्न किसिमबाट अनुदान दिने र व्यवसाय सञ्चालनमा सहयोग पु¥याउने कार्यलाई तिब्रता दिँदै आएको छ । जसका कारण किसानहरू कृषि तथा पशुपालन पेशामा विगतको तुलनामा बढी सक्रिय हुँदै आएका छन् ।

गत हप्ता सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा पनि जिल्ला पशु स्वास्थ्य प्रमुख डाक्टर नारायणबहादुर श्रेष्ठले किसानहरूलाई परेका प्राविधिक समस्यालाई आफुले सक्दो सहयोग गर्ने बताएका छन् । पत्रकारका जिज्ञासा मेटाउने क्रममा श्रेष्ठले अनुदान दिने क्रममा र दिइसकेपछि सञ्चालित व्यवसाय गर्ने क्रममा समेत अनुगमन गरिरहेको बताउँदै पिडामा परेका किसानलाई राहत दिलाउने काममा समेत लागिपर्ने बताए ।

Comment Here!

सम्बन्धित