Latest

आन्दोलनमा सडकमा ढुंङ्गा हान्ने, टायर बाल्ने काममा युवा सधैं सकृय देखिन्छ

Public Date:-2017-07-16

कमल नेपाल

युवा भन्नाले १६ देखी ४० बर्ष उमेर समुहका नागरिकहरु हुन नेपालमा युवाहरुको संख्या जनसङ्ख्याको ४१ प्रतिशत रहेको छ । वर्तमान सन्धर्वमा एउटा भनाई लोकप्रिय बनेको छ “विकसित मुलुक युवाले देश चलाउछ बुढालाई पेन्सन दिन्छ हाम्रो मुलुक बुढाले चलाउछ र युवालाई टेन्सन दिन्छ ।”

नेपाली युवा र राजनीति विचको सम्बन्धलाई केलाएर हेर्दा वास्तवमै नेपाली राजनितीमा युवाको ठुलो योगदान रहेको छ । नेपाली राजनितीका विभिन्न कालखण्मा चलेका आन्दोलनहरुमा युवाको उच्च योगदान रहेको छ । २००७ सालमा नेपाली काँग्रेसले गरेको आन्दोलन, एमालेले गरेका झापा बिद्रोह, २०४६ सालको जनआन्दोलन, मधेस आन्दोलन , २०६२/६३ सालको जनआन्दोलन र माओवादीले गरेको दश बर्षे जनयुद्ध लगाएतका नेपालका राजनैतिक आन्दोलन सफल हुनुमा युवाको ठुलो भुमीका भएता पनी यो मुलुकमा युवाले अपेक्षा गरेअनुरुपको समृद्धि हाशिल नहुनु अत्यन्त दुखदः कुरा हो ।

नेपालको राजनीतिक ईतिहाँसमा नेपाली युवाले परिवर्तनको लागि जस्तोसुकै मुल्य चुकाउन पनि पछि परेका छैनन् र आज पनी यो मुलुकमा युवामाथीको जिम्मेदारी र दाईत्व घटेको छैन आज यो देसको अर्थतन्त्र पनि नेपाली युवा माथी आश्रीत छ । नेपाली राजनीतिले जति बेला युवाको आवश्यकता महसुस गर्छ त्यो बेला युवाले आफ्नो दमदार उपस्थिती देखाउछ । विभिन्न दलहरुले विभिन्न समयमा गर्ने आन्दोलनमा सडकमा ढुंङ्गा हान्ने, टायर बाल्ने काममा युवा सधै सकृय देखिन्छ ।

नेपालको राजनीतिक आन्दोलनमा युवाको कुनै स्वार्थ देखिन्छ भने त्यो मुलुकको समृद्धि नै हो । तर हाम्रो वास्तविकता फरक छ नेपाली युवाले समृद्धिको लागि जती संघर्ष गरेतापनि त्यो बालुवामा पानी खन्याए जस्तै छ जव कोहि युवा जो समृद्धि प्राप्तीको लागि आन्दोलन मा सहभागी छ उसले यहाँ अवसर प्राप्त गर्नको लागि कोहि नातेदार नेता हुनु आवश्यक छ त्याहाँ आफ्नालाई रोजगारीको व्यवस्था हुन्छ होईन भने रोजिरोटिको लागि खाडी धपाईन्छ उसले विदेशी भुमीमा आफ्नो रगत, पसिना र आशु संग साटेर पठाईएको पैसाले यो देशको अर्थतन्त्र चलाईन्छ तिनै बुढाखाडाको विदेशी मुलुकमा गएर उपचार गरिन्छ ।

सायद त्यहि युवा जसले मुलुकको अर्थतन्त्र धानेको छ जसको आफ्नै उपचारको कुरा परै जाओस कुनै कारणवस विदेशमा जान अन्जान गल्ती कमजोरी भएमा मृत्युदण्ड सुनाईएको घटना कुनै नौलो हैन बाँच्ने मन हुँदा हुँदै पनि उ असमर्थ हुन्छ बल्डमनी भुक्तानी गर्न चन्दा उठाउनुपर्ने हुन्छ यो हाम्रो मुलुको अर्थतन्त्र धान्ने युवाको पिडा हो ।

आफ्ना जहानबच्चा पाल्नकै लागि दैनिक १५०० देखी २००० को संख्यामा एयरपोर्टमा नेपाली युवाको विदेश जाने लाइन देखिन्छ दैनिक ८ देखि १० जना सम्म नेपाली आमाका सन्तानहरुको त्यहि एयरपोर्टमा लास आउछ के नेपाली युवाले समय समयमा गरेको बलिदान यसैका लागि हो त ? नेपाली युवालाई स्वदेशमै रोजगारीको प्रलोभन देखाएर प्रयोग गर्ने दिनको कहिले अन्य हुन्छ ? कि यसैगरि चलिरहन्छ यो मुलुक ? याहाँ प्रष्ट रुपमा हाम्रो अर्थतन्त्र विदेशी रेमीट्यान्समा निर्भर छ जव यो देशले उर्जासिल युवा विदेशलाई बेच्न छाड्छ त्यो दिन नेपालको अर्थतन्त्र पनी अवश्य डामाडोल हुन्छ ।

यस भित्र नेपाली युवा र राजनिती बिचको अर्को गज्जबको सम्बन्ध देखिन्छ वर्तमान दलहरुको दुहुनो भैंसीको रुपमा रहेका नेपाली युवाले स्वदेशमै रोजगारी प्राप्त गरेको खण्डमा युवा दिर्घकालीन व्यवसायमै आवद्ध हुन चाहान्छ र उ राजनीतिबाट केहि पर बस्छ अव उ चाहेर पनी रोजगारीको लोभमा दलको पछी लाग्न छाडेपछि राजनीति दलमा युवाको खडेरी सिर्जना भई ढुंङ्गा हान्ने , टायर बाल्ने या भनौं कुनै शक्ती प्रदर्शनमा उपस्थिती कमजोर हुनु भन्दा बरु युवालाई बेरोगारी नै राख्ने नीति स्पष्ट रुपमा वर्तमान नेपाली राजनीतिमा देखिन्छ ।

युवामा जोस हुन्छ, जाँगर हुन्छ, काम गर्ने तिब्र ईच्छा शक्ती हुन्छ तर पनि नेपालमा प्रभावकारी युवा परिचालन सम्बन्धी नीति नहुनु आफैमा दुर्भाग्य हो । नीति निमार्ण तहमा युवाहरुको पहुँच नहुनु या राज्यको बागडोर समाल्ने स्थानमा युवाहरुको उपस्थिती नहुनुले पनि आज युवाका समस्याहरु जस्ताका त्यस्तै छन् ।

हुनत मुलुकमा जतिले बागडोर समालेका छन् या भोली समाल्दै पनि छन् तिनीहरुको राजनीतिक यात्रा पनि युवा अवस्थावाटै भएको हो जव उनिहरु बुढा हुन्छन् तव मात्र अवसर प्राप्त गर्दछन् जुन बेला उनिहरुको जोस, जाँगर कम भैसकेको हुन्छ त्यहाँ प्रभावकारी काम हुदैन र आफैले युवा अवस्थामा भोगेका समस्याहरु भुल्दछ यसरी नेपाली वर्तमान राजनीति चलिरहेको छ । युवाको उर्जाशिल अवस्थालाई सदुपयोग गरि राष्ट्र निमार्णमा लगाई समृद्धि हाँसिल गर्ने हो भने राजनीतिमा उमेर हद बन्दी निर्धारण गरि उमेरले पाका भएकाहरुको सल्लाह लिदै युवामा नेतृत्व हस्तान्तरणको बिकल्प देखिदैन ।

क्षमतावान तथा कर्मठ युवाहरु नेपाली राजनीतिमा नभएको पनी हैन तर यहाँ उनिहरुको प्रतिभालाई दबाएर राखिएको छ । युवालाई भुमीका दिनु पर्दछ भन्ने संस्कृती वर्तमान कुनै राजनीतिक दलहरुमा देखिदैन् कुनै युवा चर्चित भयो भने उसलाईनै प्रतिस्पर्धीको रुपमा लिएर उसलाई दबाउने संकृतिको विद्यमान छ । र यस्तो संस्कृतिले युवा नेताहरुको राजनीति प्रतिको ईच्छा र चाहानालाई कमजोर बनाएको छ ।

साथै हरेक युवा नेतृत्व जो वर्तमान राजनीति नेतृत्व भन्दा अब्बल छ त्यस्ता नेतृत्वलाई पनि राजनीति प्रति बित्रिष्णा जगाई राखेको छ यस्तो परिस्थीतीमा नेपाली युवा राजनीतिमा प्रवेश गरेर आफ्नो भविष्य बिगार्न चाहादैन र भविष्य निमार्णको लागि युरोप अमेरीका पलायन हुनुको विकल्प छैन क्षमतावान युवा विदेश पलायन भएपछी देशको समृद्धि कसरी संम्भव छ ? हाम्रो बाध्यता त अर्कैको मुलुक बनाउने भयो कुन मुलुकका युवा आएुर हाम्रो देश बनाउलान त ? नेपाली राजनीतिमा यस्तै संस्कार रहिरहने हो भने हाम्रो मुलुकको समृद्धि धेरै परको कुरा हो ।

नेपालमा विद्यमान राजनीति परम्परा तोड्नु आवश्यक छ यहाँ तोड्न खोज्ने युवा नेताहरु सिमीत मात्रामा छन् तर यहाँ सफलता हात पार्न केहि सिमित युवा नेतृत्व मात्र भएर पुग्दैन यसका लागि आम नेपाली युवा एकजुट हुन आवश्यक छ नेपालको ४१ प्रतिशत युवा शक्तीले चाहेको खण्डमा यो मुलुकको समृद्धि सम्भव छ । तर यसका लागि युवा शक्तीहरु राष्ट्रिय एकताका लागि समृद्धिको नारा लिएर एकजुट हुनु आवश्यक छ सधै अभावमा बाँचेर हात थाप्ने चलनको अन्त्य गरिनु पर्दछ ।

काम गर्न नसक्ने ठाँउ मात्र ओगट्नेलाई अवकास दिईनु पर्दछ । अन्यथा यो मुलुकको समृद्धि संम्भव छैन । यदि यस्तै किसिमको परिपाटी रहिरहने हो भने युवाहरु देशको युवा नेतृत्वमा आउने संभावना कम हुन्छ । त्यसैले अव पदीय जिम्बेवारीमा रहेर देश विकासका योगदान पु¥याउन नसक्ने पुराना नेतृत्वलाई राजनीतिवाट अवकास गराईनु पर्दछ जसरी खेलहरुमा राम्रो खेल्न नसक्ने खेलाडीले अवकाश लिन्छ । राजनीतिक नेतृत्वको जिम्बेवारी हस्तान्तरण गर्दा उसको क्षमता, ईमान्दारीता, र परिश्रमलाई मुल्याङ्कन हुन र नातावाद, कृपावादलाई नेपाली राजनीतिक शब्दकोषबाट मेटाउन जरुरी छ ।


जब सम्म कर्म गरेर मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने संस्कृतिको विकास यो मुलुकमा हुँदैन तव सम्म युवा नेतृत्वले स्थान पाउने सम्भावना अत्यन्तै कम हुन्छ । राष्ट्र निमार्णको लागि युवा भनेको त्यस्तो शक्ती हो जो जसले आफ्नो बल बुद्धि र विवेक लगाएर मुलुकको समृद्धि हाँसील गर्न तत्पर रहन्छ र मुलुकको समृद्धिमा रमाउछ । अन्तत यदि यो मुलुकलाई समृद्ध बनाउने हो र साँचै सकारात्मक परिवर्तनको लहर सिर्जना गर्ने हो भने युवालाई भविष्यको कर्णधार मात्र हैन वर्तमानका साझेदार बनाइनु आवश्यक छ ।

सञ्चालक : माउण्ट महाभारत होमस्टे एण्ड ईको अर्गानिक फार्म, बेथाञ्चोक ३, ढुंखर्क, काभ्रे ।

Comment Here!

सम्बन्धित