Latest

काठमाडौं महानगरले तोक्यो जग्गाको मूल्य , कुन जग्गाको मूल्य कति ? (सूचिसहित)

Public Date:-2017-07-16

काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने सबै जग्गाको मूल्य तोकेको छ । जग्गाको मूल्य तोक्दै मेयर विद्यासुन्दर शाक्यले गरेको प्रस्ताब  महानगरको आर्थिक ऐन-०७४ नगर सभाले पारित गरेको छ ।

साउन ३१ गते पारित भएको आर्थिक ऐनले महानगरभित्रका जग्गाहरुको वर्गिकरण गरि ती जग्गाको मूल्यसमेत तोकेको हो।

अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वयनको निमित्त स्थानीय कर, शुल्क, दस्तुर र जरीवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलनको प्रशासनिक व्यवस्था गर्न बाञ्छनीय भएकोले नेपालको संविधानको धारा २३० बमोजिम आर्थिक ऐन जारी गरेके महानगरले जनाएको छ ।

महानगरले सडक तथा गल्लीलाई आधार बनाएर महानगरले महानगरभित्रका १३ सय ९७ स्थानमा रोपनीका हिसाबले जग्गाको मूल्य तोकेको छ ।

महानगरपालिकाले काठमाडौंको मुटु मानिने दरबारमार्गमा रोपनीको २ करोड ५० लाख रुपैयाँ मूल्य तोकेको छ । जबकी दरबारमार्गमा आनाकै १ करोड रुपैयाँमा पनि जग्गा किन्न पाइँदैन ।

त्यसैगरी, न्यूरोड, असन इन्द्रचोक, त्रिपुरेश्वरलगायतका ठाउँहरुमा पनि महानगरले बजारमूल्य भन्दा अत्यन्तै सस्तो मूल्यमा जग्गाको मूल्य तोकेको छ ।

हेर्नुहोस् कुन ठाउँको जग्गाको मूल्य कति ?  अनुसूची १ को ६ मा  हेर्नुस् (स्क्रोल गरेर हेनुर्होला )

Comment Here!

सम्बन्धित