Latest

सञ्चिताको तीज कोशेली “ रातो चुरा ” सार्वजनिक (भिडियो सहित)

Public Date:-2017-07-16

रोशन पोखरेल

 नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गदैँ गायिका संञ्चिता पौडेल र शिव हमालको स्वारमा रातो चुरा युटयुव माझँ सार्वजनिक भएको छ ।

छोटो समयमा नै यति ख्याती कमाउन सफल गायिका संचिता र शिव हमालको स्वरमा नयाँ तिजको कोशेली आएको हो
संगित साधनमा रहेकै कारण नारीहरुको तिज को महत्व र विशेषतालाई उजागर गर्ने मौलिक गितको रुपमा सो गित रहेको छ । संचिताको शब्द संयोजनमा गायक तथा संगितकार शिव हमालले संगितको संयोजन कुशल रुपमा गरेका छन ।

नारीहरुको महान पर्वमा आफनो सिर्जना बाहिर ल्याउदा खुशी लागेको उनले सुनाइन । शंकर विसी र सञ्चिता स्यमको नित्य उनको सो भिडियो मा देख्न सकिन्छ ।

सो भिडियो लाई नविन घर्तिमगर ले सम्पादन गरेका हुन भने क्यामेरामा कैद राजेश घिमिरेले गरेका हुन । शकंर विसीको निर्देशनमा सो भिडियो निमार्ण भएको सञ्चिताले बताइन ।

Comment Here!

सम्बन्धित