Latest

प्रधानन्यायाधीशमा गोपाल पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन

Public Date:-2017-07-16

संसदीय सुनुवाई विशेष समितिले गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ ।

बिहान बसेको बैठकले पराजुलीलाई सर्वसम्मतीले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । न्यायपरिषदले उहाँलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि समितिले आइतबार सुनुवाई गरेको हो ।

सुनुवाईका लागि उहाँविरुद्ध उजुरी गर्न समितिले दिएको समयभित्र कुनैपनि उजुरी नपरेको समितिले जनाएको छ । समितिले नियुक्तिका लागि सिफारिस गरेपछि अब उहाँलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ ।

Comment Here!

सम्बन्धित