Latest

भूकम्पमा ज्यान गुमाएका परिवारलाई नक्सा पासमा लाग्ने शुल्क मिनाहा

मण्डनदेउपुरको योजना पारित यस्ता, छन् महत्वपूर्ण योजनाहरू

Public Date:-2017-07-16

कविराज ढकाल

काभ्रे (कुन्ता)–काभ्रेकोमण्डनदेउपुर नगरपालिकाको प्रथम नगर सभा सम्पन्न भउको छ । कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । भुगोल सुहाउँदो र उत्कृष्ट योजनाहरूका साथ नगरले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

कार्यक्रममा आ.व. २०७४/०७५ का लागि ३४ करोड ६२ लाख बजेट सहितको विशेष प्रस्ताव पारित गरेको छ । नगरले नै यो बजेटबाट टिपर, जे.सी.भी. र रोलर किन्ने प्रस्ताव तत्कालका लागि स्थगन गरेको छ, नगरको नाम फेर्ने र कार्यालय कहाँ राख्ने भन्ने सन्दर्भमा पनि वहश भएको थियो । नगर प्रमुख टोकबहादुर वाइवाले पेश गरेको नीति तथा कार्यक्रममा निम्न योजनाहरूलाई स्थानीयले महत्वका साथ लिएका छन् ।


१. यो नगर काभ्रेको सबैभन्दा वढी भूकम्प प्रभावित क्षेत्र भएकोले खानेपानीको लागि पहिलो प्राथमिकाता दिइने ।
२. नगरको भवन निर्माण शुरु गर्ने ।
३. विपन्न महिला सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रु. १०,००० भत्ता दिने ।
४. रोडा, गिटी बालुवा बोक्ने टिपरहरुको लागि बैकल्पिक मार्ग निर्माण गर्न रु. २५० र शुल्क लिने ।
५. स्थानीय तहलाई ५०५ बजेट बिनियोजन गर्न माग गर्ने ।
६. एकिकृत नगर विकास गुरु योजना बनाउने, भू उपयोग निती बनाउने ।
७. विपत व्यवस्थापन कोष खडा गर्ने ।
८. विद्यूतीय शासन प्रणाली लागू गर्ने ।
९. विपन्न विद्यार्थी छात्रवृत्ति कोष खडा गर्ने ।
१०. नगरलाई मासु, दुध र तरकारीमा आत्मर्भिर बनाउने ।
११. अपाङ्गता परिचय–पत्र घरघरमै वितरण गर्ने व्यवस्था मिलाउने ।
१२. प्रत्येक घरधुरीलाई स्वास्थ्य विमा कार्यक्रममा समावेश गराउने ।
१३. पशु विमालाई अनिवार्य गराउने ।
१४. राम्रो काम गर्ने उपभोक्ता समितिलाई पुरस्कृत गर्ने ।
१५. आगामी बजेटबाट एकिकृत सम्पत्ति करमा जानको लागि कार्ययोजना बनाउने ।
१६. नगरपालिकाका सबै वडाहरुमा नागरिक बडा–पत्र राख्ने प्रवन्ध मिलाउने ।
१७. जग्गा बाँझो राख्ने जग्गा धनीसंग दोब्बर मलपोत दस्तु लिने व्यवस्था मिलाउने ।
१८. तोकिएको समयभित्र कर चुक्ता गर्ने करदातालाई पुरस्कृत गर्ने ।
१९. भूकम्पमा ज्यान गुमाएका परिवारलाई नक्सा पासमा लाग्ने शुल्क मिनाहा गर्ने ।

Comment Here!

सम्बन्धित