Latest

संघिय शिक्षा ऐन ल्याउने तयारीमा मन्त्रालय

Public Date:-2017-06-28

सरकारले संघिय शिक्षा ऐनको तयारी गरेको छ । संघिय शिक्षा ऐन बनाउनका लागि शिक्षा मन्त्रालयले नेपाल कानुन आयोगलाई पत्राचार समेत गरिसकेको छ ।


शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले नेपालको संविधान अनुरुप शिक्षा ऐन निर्माणको तयारी भइरहेको बताए । उनले केहि दिनअघि आयोगलाई पत्र पठाएको र मस्यौदाको तयारीका लागि आयोगले शिक्षा मन्त्रालयबाट माग गरेको प्रतिनिधिसमेत खटाइसकेको जानकारी दिए ।


शिक्षा सचिव शन्त बहादुर श्रेष्ठले भने तयारी पूरा नभएका कारण यसलाई अझै पनि पूर्ण संघिय शिक्षा ऐन भन्न नमिल्ने बताए । “हामी अहिले नियमावली बनाउने तयारीमा छौं । पहिले सबै तयारी पूरा हुन्छ अनि मात्र हामी अरु प्रक्रिया अघि बढाउँछौं ।”

उनले भने,“२२ वटा विषयमा स्थानिय तहले काम गर्ने अधिकार पाएको छ । हामीले स्थानिय तहमा शिक्षा नियमन र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा निर्देशिका प्रस्तुत गरेका छौं । हामी सबै कुराहरुलाई बुझेर अब अघिको निचोड निकाल्ने छौं ।”


मन्त्रालयले मुलुक संघियता संरचनामा गइसकेपछि शिक्षा ऐन र नियमावलीसमेत संरचनाअनुसार ल्याउने तयारी गरेको छ ।

Comment Here!

सम्बन्धित